एनआरएनए यूवा संयोजक गुरुङको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको बर्ष २०२१-२३ कार्यकालका लागि समाजसेवी तथा युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडानम्बर २७ को रिठ्ठेपानीमा स्थाई बसोबास भएका गुरुङ बिगत लामो समयदेखि नेदरल्यान्ड्समा परिवार सहित बसोबास गर्दै आइरहेका छन् | समाजसेवी तथा एक सफल ब्यबशायी गुरुङ एनआरएनए नेदरल्यान्ड्सका पुर्व अध्यक्ष समेत रहेर सक्षम नेतृत्व निर्वाह गरिसकेका छन् |

त्यसैगरी बर्ष २०१७-१९ को कार्यकालमा एनआरएनए आइसीसी सदस्यको जिम्मेवारी लिईसकेका गुरुङले बर्तमान बर्ष २०१९-२१ कार्यकालको केन्द्रीय युवा संयोजकको पदीय जिम्मेवारी समेत सफलतापुर्वक सम्पन्न गर्दै अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रिय छबी बनाउन सफल भएका छन् |

लामो समयदेखि सामाजिक सेवामा समर्पित हिमाल एनआरएनएको अभियानमा निरन्तर विभिन्न समितिमा रहेर पदीय दाईत्व निर्वाह गरिसकेकाले युवा पुस्ताको सामाजिक अभियानमा सहभागिता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् |  समाज रुपान्तरणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले अबको एनआरएनएको अभियान युवाको कांधमा आएकाले प्रवासमा रहेको ज्ञान, शिप र अनुभवलाई मातृभूमिमा लगाउन प्रोत्साहित गर्दै उचित वातावरण तयार गर्न जिम्मेवारी लिन तयार हुनुपर्ने र त्यसकालागि आफु तयार रहेको समेत घोषणा गरेका छन् |  तथापि उनले अझै केहीगर्ने र पुरा हुन बाँकी नै  रहेकाले अधुरा कामहरु पुरा गर्न युवा समितिको उपाध्यक्ष पदमा आफ्नो  उम्मेदवारी रहेको घोषणा गरेका  छन् |

Share