दोश्रो पटक विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाण्डौंनेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन: नियुक्ति भएका छन्। १८ घन्टे लामो लोडसेडिङबाट नेपालीलाई छुटकारा दिलाउने कुलमान घिसिङ करिब ११ महिनापछि दोश्रो पटक  विद्युत प्राधिकरणको नेतृत्वमा आइपुगेका छन्।

ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए। अहिले शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेपछि घिसिङ फेरि प्राधिकरणमा आएका हुन्।

घिसिङ २०७७ साल भदौ ३१ गते चार वर्षे कायकाल सकेर प्राधिकरणबाट विदा भएका थिए।  निर्वतमान ओली सरकारले फेरि उनलाई नै नियुक्त गर्ने चर्चा चलेपनि अन्तिममा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशकमा नियुक्त गरेको थियो।

 

Share