समाजसेवा गर्न पदनै ठुलो कुरा हैन- श्रेष्ठ

डेनमार्क,

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको आज अगस्ठ ८ तारिख छैठैं अधिवेशन सुरु हुन गैरहेको छ । आजको अधिवेशनबाट बर्ष २०२१-२३ कार्यकालको लागि नयाँ कार्यसमिती चयन गर्दैछ ।

डिजीटल प्रविधी मार्फत हुने निर्वाचनमा अध्यक्ष ३ जना लगाएत अन्य १९ जना उम्मेदवारहरु चुनावी मैदानमा सहभागि रहेका छन । त्यसैगरि आईसिसी सदस्य पदमा दुई जना उम्मेदवारहरु शशी श्रेष्ठ र अशोक शर्माले मनोनयन दर्ता गरेका थिए । सामाजिक अभियानमा एनआरएनए भित्र महत्वपूर्ण भूमिका खेल्दै आएका शशिले अन्तत आफ्ना प्रतिद्वन्दी शर्मालाई सर्वसम्मत गराएर दरिलो महानता देखाएका छन । समाज मिलेर जानुको कुनै बिकल्प छैन, समाजसेवा गर्नकालागी पद नै ठुलो कुरा हैन र पदमा नबसी पनि समाजसेवा गर्न सकिन्छ भन्दै मेरा अनन्य मित्र शर्मालाई आगामी कार्यकाल २०२१-२३ कोलागी मैले सर्वसम्मत गराउन खोजेको भन्दै अन्य एनसिसिमा पनि मिलेर जान प्रेरणा मिलोस श्रेष्ठले आफ्नो आसय राखेका छन ।

श्रेष्ठ एन आर एन ए अभियानमा एउटा महत्वपूर्ण पात्रको रुपमा परिचित छन उनी युवा प्रतिनिधि हुन भने अशोक शर्मा पुर्व सह्-कोषाध्यक्ष हुन ।

 

Share