एनआरएनए नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा बिजयी

नेदरल्यान्ड्स, गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको आज जुलाई ३१ तारिख भएको निर्वाचनमा मिम पुर्जा अध्यक्ष पदमा र आईसिसी सदस्य पदमा टिकाराम सापकोटा निर्वाचित भएका छन । त्यसैगरि बरिस्ठ उपाध्यक्षमा बिष्णु पोख्रेल, उपाध्यक्षहरुमा अमिर गुरुङ र खेम सापकोटा, महिला उपाध्यक्षमा सिता सापकोटा, महासचिबमा सिता कुमारी छेत्री, सचिबमा पेमा लामा, युवा सम्योजकमा निरज गुरुङ, महिला सम्योजकमा चन्दना खड्का, कोषाध्यक्षमा सुशिला बानिया रोक्का, सह- कोषाध्यक्षमा रेखा घिमिरे  निर्वाचित भएका छन् |

त्यसै गरि नर्थ होल्याण्ड को-अर्डिनेटरमा सुरेस श्रेष्ठ, साउथ हल्याण्ड को-अर्डिनेटरमा सञ्जय श्रेष्ठ, लिम्वर्ग को-अर्डिनेटरमा सुवास पराजुली, र सदस्यहरुमा क्रमस: बाल कृष्ण थापा, विवेक बास्तोला, दिनेश अर्याल, ज्ञानेन्द्र आले र राम प्रसाद रेग्मी निर्वाचित भएका छन ।

निर्वाचनमा ५०५ मतदाता मध्ये ४४१ मत खसेको थियो भने २ मत बदर भएको निर्वाचन समितिले  जनाएको थियो  | सम्पूर्ण मतदाताहरुलाई, निर्वाचन समिती र कार्यसमितीका निबर्तमान पदाधिकारीहरुलाई धन्यवाद दिदै आगामी आफ्नो कार्यकालको पहिलो निर्णय रामचन्द्र फाउन्डेशन स्थापना गर्ने र १००० युरो जम्मा गर्ने भन्दै आजको मितिबाट सुरुवात गरेको नवनिर्वाचित मिम पुर्जाले घोषणा गरेका छन । अध्यक्षका प्रतिद्वन्दी  पदम बहादुर छेत्रीले अवस्था हेरेर गुण र दोषको आधारमा सहयोग र समर्थन रहने भन्दै नयाँ निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

Share