युवा संघ नेदरल्यान्ड्सले युरोप स्तरीय सेभेन ए-साइड फुटबल प्रतियोगिता गर्दै

नेदरल्यान्ड्स,  प्रवासमा रहेका नेपालीहरु विभिन्न पेशामा आबध्द हुनुपर्ने अवस्था हुदाहुदै समाजमा युवाहरुको सहभागिता र एकतामा घनिष्ठ सम्बन्ध रहेको हुन्छ | सायद यहि भएर होला नेदरल्यान्ड्समा नेपाली युवाहरुलाई समेटेर नेपाल र नेपालीहरुका लागि संगठित भएर सामाजिक, धार्मिक र सांकृतिक कार्यमा सहभागी गराउने उदेश्य अनुरुप २०२१ को जुन १ मा नेपाली युवा संघ नेदरल्यान्ड्स गठन भएको छ |

नेपाली युवाहरुलाई सहभागी गराउन विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मैत्रीपूर्ण बातावरणमा समाजमा सहभागी गराउने, आफ्ना कलासंकृतिहरुमा, उत्सवहरु, विभिन्न प्रतियोगिता र मनोरन्जनात्मक कार्यक्रमहरुमा सहभागी गराई युवा पुस्तालाई एकबद्ध गर्दै नयाँ बाटोमा हिडाउन पहल गर्दै  नयाँ उत्साहकासाथ  नेपाल युवा संघ नेदरल्यान्ड्स गठन भएको जनाइएको छ | यो संथाका संथापक युवाहरु रबिन कंडेल, कृष्ण रोक्का (रोक ग्रिजमान) र सन्दिप बिश्वकर्मा रहेका छन् |

खेलकुदमा उत्साह बोकेर बसेका युवाहरुलाई एउटा अवसरको रुपमा रहेको यो प्रतियोगितामा यो बर्षका लागि १६ बर्ष भन्दा माथि खेलाडीहरुलाई सहभागी गराइने र प्रतियोगितामा भाग लिन चाहेको खण्डमा एक टोलिकालागि प्रवेश शुल्क ३०० युरो तोकिएको छ | एउटा टोलीमा १० जना खेलाडीहरु मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ |

विभिन्न कार्यक्रमहरु गर्ने घोषणा अनुरुप नेपाली युवा संघ नेदरल्यान्ड्सले पहिलो पटक सबै नेपाली युवाहरुलाई समेटेर युरोप स्तरीय सेभेन ए-साइड फुटबल प्रतियोगिता गर्दैछ | खेलकुदमा उत्साह बोकेर बसेका युवाहरुलाई एउटा अवसरको रुपमा रहेको यो प्रतियोगितामा यो बर्षका लागि १६ बर्ष भन्दा माथि खेलाडीहरुलाई सहभागी गराइने र प्रतियोगितामा भाग लिन चाहेको खण्डमा एक टोलिकालागि प्रवेश शुल्क ३०० युरो तोकिएको छ | एउटा टोलीमा १० जना खेलाडीहरु मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ | सहभागिताको लागि जुलाई २५ तारिख सम्मको समय निर्धारण गरिएकोले अहिले सम्म १२ टोलि प्रतियोगितामा सहभागी हुनाकालागी छानिएका छन |  साना बालबालिकाहरुका लागिपनि विभिन्न आकर्सक कार्यक्रमहरु राखिएको र दर्शकहरुका लागीभने प्रवेश निशुल्क गरिएको आयोजकले जनाएको छ |

प्रतियोगिता नेदरल्यान्ड्सको राजधानी आम्स्तरडाममा अगस्थ ७ तारिख बिहान ९ बजे शुरु हुने र प्रतियोगिता १० बजे देखि बेलुका १० बजे सम्म हुने भएको छ | संथा विशुद्ध सामाजिक संथा रहेकाले विभिन्न अभियानमा युवाहरुलाई सहभागी गराउन र प्रतियोगात्मक कार्यक्रम गर्नकालागी आर्थिक पक्ष अतिनै आवश्यक रहेकाले समाजमा रहनुभएका सम्पूर्ण समाजसेविहरुमा सहयोगको अपेक्षा गर्दै आगामी दिनहरुमा युवाहरुको अभियानमा सहयोग गर्न रबिनले समुदायमा अनुरोध गरेका छन् | सम्पर्क गर्न चाहनुहुने महानुभावहरुलाई निम्न टेलिफोन नम्बर र सहयोग गर्न चाहनेहरुका लागि संथाको बैंक खाता उपलब्ध गराइएको सन्दिपले  नेपाल होल्याण्ड डटकमलाई जानकारी गराएका छन् |

सहयोगको लागि बैंक खाता नम्बर :-    K Roka  NL63 INGB 0687 7390 71

सम्पर्कको लागी  कृष्ण रोक्का ( ग्रिजमन ) +31 6 43 73 92 13

Share