एनआरएन नेदरल्याड्सको अधिवेशन जुलाई ३१ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी ९औं अधिवेशन जुलाई ११ तारिख गरिने भएतापनि विविध कारणले गर्दा जुलाई ३१ तारिख सार्नुपरेको अध्यक्ष श्रीराम कंडेलले जनाएका छन् | निर्वाचन समितिको आचारसंहितामा उम्मेदवारहरुको नियमत: रित नपुगेको कारण देखाउदै गत जुलाई ८ तारिख निर्वाचन समितिले २३ जना उम्मेदवारहरुको नामावली प्रकाशित गरेको थियो |

 

निर्वाचन प्रकृयालाई व्यवस्थित बनाउने सम्बन्धमा सम्वन्धित पक्षहरुलाई सुझाव प्रदान गर्न तथा उम्मेदवारहरुबीच सहमति कायम गराउदै सर्व-सहमतीय कार्यसमिति निर्माण गरि नेदरल्यान्ड्समा रहेका  नेपाली समाज बीचको एकतालाई अक्षुण राख्न यहाँका समाजका अग्रजहरुबाट समेत समन्वयका प्रयासहरु हुदै आएका छन्। यसैबीच  निर्वाचन समितिको जुलाई २१-२२ मा बसेको बैठकले जुलाई ६ तारिखको निर्णयले प्रभावित भएका उम्मेदवारहरु मध्ये आचार-संहिताको बुँदा नं १४ अनुसार निर्वाचनलाई पदीय दूरुपयोगको आधारमा प्रत्यक्ष प्रभावित गर्नेगरि भएको कार्य अन्तर्गत पर्ने गरि प्रस्तावक र समर्थक योग्य नभई रित नपुगेका उम्मेदवारहरु जम्मा ९ जनालाई अनुसूची १ अनुसारको भुल सुधारको निवेदन सहित फारम सच्याउन मौका दिने निर्णय भएको साथै निर्वाचन  समितिले निकालेको सूचना मुताविक नभई हस्ताक्षर लगायत व्यक्तिगत विवरण अपूर्ण भएको र प्रस्तावक -समर्थक नमिलेको आधारमा “रित नपुगेका” जम्मा ७ जनालाई पनि अनुसूची २ , भूल -सुधार गर्ने निवेदन सहित स-शर्त फारम सच्याउन दिने निर्णय गर्दै सूचना सार्वजनिक  गरेको थियो |

निर्णयले प्रभावित भएका उम्मेदवारहरु मध्ये आचार-संहिताको बुँदा नं १४ अनुसार निर्वाचनलाई पदीय दूरुपयोगको आधारमा प्रत्यक्ष प्रभावित गर्नेगरि भएको कार्य अन्तर्गत पर्ने गरि प्रस्तावक र समर्थक योग्य नभई रित नपुगेका उम्मेदवारहरु जम्मा ९ जनालाई अनुसूची १ अनुसारको भुल सुधारको निवेदन सहित फारम सच्याउन मौका दिने निर्णय भएको साथै निर्वाचन  समितिले निकालेको सूचना मुताविक नभई हस्ताक्षर लगायत व्यक्तिगत विवरण अपूर्ण भएको र प्रस्तावक -समर्थक नमिलेको आधारमा “रित नपुगेका” जम्मा ७ जनालाई पनि अनुसूची २ , भूल -सुधार गर्ने निवेदन सहित स-शर्त फारम सच्याउन दिने निर्णय गर्दै सूचना सार्वजनिक  गरेको थियो |

 

साथै एनआरएनए केन्द्रिय नियमावली प्रतिकुल हुनेगरी विभिन्न संस्थाको कार्यकारीमा रहेका तर समयमै राजिनामा नआएको भएमा उक्त कार्य पनि पुरा गर्न निर्बाचन समिति सबैलाई मौका प्रदान गर्ने सुचनामा भनिएको थियो । निर्वाचन समितिले जुलाई २५ तारिख उम्मेदवारहरु संग खुल्ला बहस राख्दै रित नपुगेको भए रित पुर्याउन अनुरोध गर्दै जुलाई २६ तारिख अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ | अन्तत निर्वाचन समितिले सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन प्रक्रियामा जान बाटो खुल्ला गरेको छ | आगामी जुलाई ३१ तारिख हुने अधिवेशन शान्त बातावरणमा स्वक्ष निस्पक्ष हुने र पंजीकृत सदस्यहरुलाई आ-आफ्नो अमुल्य मत प्रयोग गरि  सबल र सक्षम कार्यसमिति चयन गर्न निर्वाचन समितिले अनुरोध गरेको छ |

Share