अध्यक्षद्वारा निर्वाचन समिति बिघटन, निर्वाचन नहुने संकेत

नेदरल्यान्ड्स,  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन गत अप्रिल २९ तारिखका दिन बसेको कार्यसमितिको भर्चुयल बैठकले फणिन्द्र पन्तको संयोजकत्वमा पांच सदस्यीय निर्वाचन समिति गठन गरेको  थियो | निर्वाचन समितिको गतिविधिले  पंजीकृत सदस्यहरु र उम्मेदवारहरु बिच  वैमनस्यता ल्याएको र समाज मिलाउने प्रक्रियामा बाधक बन्दै एकलौटी निर्णय गरेको भन्दै आज अध्यक्ष श्रीराम कंडेलले समितिलाई बिधटन गरेका छन् | निर्वाचन समितिबाट जारि गरिएको आचारसंहिता, नियमावली र कार्यतालिका अनुसार कार्य सम्पादन नभएको, पंजीकृत सदस्य र उम्मेदवारहरुको अन्तिम नामावली समयसीमा भित्र प्रकाशित नगरेको, आफ्नो कार्यक्षेत्र बाहिर गएर बिधि र प्रक्रियाको नाममा निर्वाचन समिति अनिर्णयको बन्दि बनेको र निर्वाचन समिति निष्पक्ष स्वतन्त्र र मर्यादित हुन नसकेको आरोप लागाइएको छ | आचार संहिताको बुदा १४ लाइ पंजीकृत सदस्यहरु प्रमुख सम्रक्षक र सल्लाहकार सहित ले उम्मेदवारहरुको प्रस्तावक र समर्थक हुन नपाउने जस्ता गलत तरिकाले अपव्याख्या गर्ने काम भएको अध्यक्ष कंडेलले समिति बिघटनको क्रममा उल्लेख गरेका छन |


निर्वाचन प्रक्रियामा भएका एक पछि अर्को त्रुटी हुदै गएको आरोप निर्वाचन समितिलाई लाग्दै आएको छ | निर्वाचन तालिका अनुसार समयमा प्रक्रिया आगाडी बढाउन नसक्नु, समाज मिलाएर लाने कुरामा निर्वाचन समितिलाई अलमलमा पर्नु, आचारसंहिता स्पस्ट हुन नसक्नु र उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया देखिनै निर्वाचन समिति चुक्नुले निर्वाचन हुन नसक्ने अवस्था सृजना भएको देखिन्छ |

अर्को तर्फ अध्यक्षको क्रियाकलापमा असंतुस्थ जनाउदै अबिलम्ब कार्यसमितिको बैठक बोलाउन बरिस्ठ उपाध्यक्ष मिम पुर्जाले आग्रह गरे पश्चात आज कार्यसमितिको बैठक बोलाउन अध्यक्ष र महासचिवलाई अनुरोध गरिएको बुझिएको छ | सम्भवत:त आज कार्यसमितिको बैठक बस्ने एउटा ठोस निर्णय आउने   जानकारी प्राप्त भएको छ |

अब के हुन सक्ला ?

निर्वाचन समितिले आज घोषणा गरेको भनिएको निर्बिरोध पदाधिकारीहरुको सार्बजनिक गरिएको नामावलीमा विभिन्न प्रतिक्रियाहरु आएका छन् | हिजो बिहिबार अध्यक्ष कंडेलले आफ्नो फेसबुक लाईभ बाट निर्वाचन समितिलाई गलत  निर्णयहरु सच्याउनका लागि हिजो बेलुका ९ बजे सम्मको समयसीमा फेसबुक लाईभ  मार्फत आग्रह गर्दै आसन्न निर्वाचनका बारेमा जानकारी गराएका थिए तर निर्वाचन समितिले आग्रहलाई लत्याएर नामावली प्रकासन गरे पछी  समिति बिघटन गर्नुपरेको अध्यक्ष कंडेलले  जानकारी गराएका छन्  | निर्वाचन समितिका संयोजक पन्त संगको कुराकानीमा अब के  हुन सक्छ? भन्ने जिज्ञासामा निर्वाचन प्रक्रियामा जाने र बाकि रहेका पदका लागि पंजीकृत सदस्यहरुलाई उम्मेदवारको लागि   नयाँ आवेदन खुला गर्ने र निर्वाचन गराउने पन्तले  जानकारी गराएका थिए | अबको दुई दिन बाँकी रहदा  निर्वाचन समितिको  र कार्यसमितिको असमन्वयात्मक भूमिकाले  आगामी ११ जुलाईमा हुने भनिएको निर्वाचन नहुने सम्भावना देखिएको छ | अध्यक्ष कंडेलले निर्वाचन समिति बिधटन गर्नुको कारण बैठकमा गम्भीर रुपमा उठ्ने र निर्वाचन समितिलाई यथावत राख्ने वा हटाउने बिषयमा बृहद छलफल एन आर एन नेदरल्यान्ड्सको  कार्यसमितिमा हुने  देखिएको छ | अझैपनि नेदरल्यान्ड्सको समाज मिलाएर लान सकिने हुदा समाज मिलाएर लानुको कुनै बिकल्प नरहेको र  समाजमा रहेका अग्रजहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने हुँदा  समाजले उनीहरुबाट त्यही आशा र भरोशा राखेको नेदरल्यान्ड्सबासीको सुझाब रहेको पाइएको छ |

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका अध्यक्ष श्रीराम कंडेलको निर्वाचन समिति  बिघटन जस्ताको तस्तै ,

कार्यसमितिका सम्पूर्ण साथिहरुमा नमस्कार।
विषय : निर्वाचन समिती बिगठन गरिएको सम्बन्धमा।
उपरोक्त सम्बन्धमा, गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्सको २९-०४-२०२१ का दिन बसेको कार्यसमितिको (भर्चुअल) बैठकले निर्वाचन समितिको संयोजकमा फणिन्द्र पन्त र सदस्यमा अन्य ४ चार जना सहित गठन गरिएको थियो। निर्वाचन समितिबाट जारि गरेको आचारसहिता, नियमावली र कार्यतालिका अनुसार कार्य सम्पादन नभएको, पंजीकृत सदस्य र उमेदवारहरुको अन्तिम नामावली पनि निर्वाचन समितिले आफैले तोकेको समयसीमा भित्र प्रकाशित नगरेको र आफ्नो कार्यक्षेत्र बाहिर गएर अलमलिएको, विधि र प्रक्रियाको नाममा निर्वाचन समिति अनिर्णयको बन्दि बनेको, निर्वाचनलाइ निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउनकोसट्टा परिस्थितिलाइ झन् अस्वस्थ बनाएको, त्यसका अतिरिक्त आचार सहितामा नभएको पंजीकृत सदस्यहरु (प्रमुख संरक्षक, संरक्षक र सल्लाहकारहरु) ले उम्मेदवारहरुको प्रस्तावक र समर्थक हुन् नपाउने, नियमावलीमा नभएको (आचार सहिताको) १४ न. बुदालाइ अपब्याख्या गरेको, यी यावत विषय बस्तुमा निर्वाचन संयोजक फणिन्द्र पन्तको घरमा गएर विनम्रतापूर्बक अनूरोध गर्दा पनि वहाले एकांगी ढंगले पंजीकृत सदस्यहरुको अधिकारलाई आफु अनुकुल ब्याख्या गरि कुण्ठित गर्ने काम र विशेष निर्वाचनलाई प्रभावित पार्ने र सामाजिक सद्भाव खल्बलिने गरि नकारात्मक गतिविधि गरेकाले, आजका मिति देखि निर्वाचन समिति बिगठन भएको जानकारी गराउद छु। धन्यवाद।
अध्यक्ष श्रीराम कंडेल,
गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स।
Share