एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिको निर्णयले चुनाब अन्योलमा

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन समितिले आज अधिकाँस उम्मेदवारहरुको रित नपुगेको भन्दै सुचना प्रकाशित गरेको छ | विभिन्न कारणहरु देखाउदै उम्मेदवारहरुको मनोनयन दर्तामा सम्बन्धित उम्मेदवारको हस्ताक्षर नमिलेको, नभएको र सम्रक्षक र सल्लाहकारहरुको प्रस्तावक र समर्थकमा हस्ताक्षर भएको भन्दै अधिकाँस उम्मेदवारहरुको उम्मेदवारीमा रित नपुगेको ठहर गरेको छ |
निर्वाचन समितिले अध्यक्ष पदका उम्मेदवार मिम पुर्जाको उम्मेदवारीलाइ रित पुगेको सहि र पदम बहादुर क्षेत्रीको उम्मेदवारीलाई प्रमुख सम्रक्षकले प्रस्ताव गरेकोले आचारसंघिताको बुन्धा १४ आकर्सित भएकाले रित नपुगेको ठहर गरेको जनाएको छ | त्यसै गरि रित नपुगेको भनिएकोमा आइसीसी सदस्यमा १, बरिस्ठ उपाध्यक्षमा १, उपाध्यक्षमा ३, महिला उपाध्यक्षमा १, महासचिबमा २, सचिबमा २, कोषाध्यक्षमा १, सह-कोषाध्यक्षमा १, साउथ हलेंड कोअर्डिनेटरमा १ , र सदस्यहरुमा ७ जनाको रित नपुगेको जनाएको छ | ३६ जना उम्मेदवार मध्ये २२ जना उम्मेदवारहरुको उम्मेदवारी रित नपुगेको निर्वाचन समितिले जनाएको छ | रित पुगेको भनिएकोमाआई सि सि- टिकाराम सापकोटा,अध्यक्ष- मिम पुर्जा, बरिस्ठ उपाध्यक्ष- बिस्णु पोखरेल , उपाध्यक्ष- खेम लाल सापकोटा, महिला उपाध्यक्ष- सिता सापकोटा, कोषाध्यक्ष- सुशिला बानिया, सह कोषाध्यक्ष- नन्दा राई, साउथ हल्यान्द सम्योजक- राजेन्द्र कुमार शर्मा, नर्थ हल्याण्ड सम्योजक- सुरेश श्रेष्ठ, लिम्बर्ग सम्योजक- सुवास पराजुलि, महिला सम्योजक- चन्दना खडका, युबा सम्योजक- बिकास पोखरेल, युबा सम्योजक- निरज गुरुङ, सदस्य- बालकृष्ण थापा, सदस्य -बिबेक बास्तोला, सदस्य -दिनेश अर्याल रहेका छन् |

निर्वाचन प्रक्रियामा पटक पटक गलत अभ्यास भएकाले उम्मेदवारहरुलाई प्रभाब पार्ने किसिमका गतिबिधि भएको देखिएकोले निर्वाचनका नीति नियम आचारसंधिता प्रतिकुल हुनेगरी उजुरि परेकोले सोहि आधारमा निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ |
निर्वाचन समितिको यो क्रियाकलापको सामाजिक संजालमा जताततै असंतुस्ठी छरिएका छन भने संथागत गएको भन्नेको संख्या पनि त्यतिकै देखिएको छ |

निर्वाचन समिति किन बिबादमा पर्यो ?

निर्वाचन समितिले पटक पटक सुचनाहरु निकाल्नु र कार्यन्वयन गर्न नसक्नु तोकिएको मिति र समयमा निर्वाचन प्रक्रियाहरुमा ढिलाई हुनुमा निर्वाचन हुने नहुनेमा दुबिधा रहेको थियो | निर्वाचन समितिका संयोजकले नियतबस एक पक्षलाइ समर्थन गर्दै पटक पटक सोहि पक्षको मिटिंगमा सहभागी भएर सपोर्ट गरेको, निर्वाचनको आचारसंहिता कार्यसमितिबाट पास नगरेको , आचारसंहितामा सल्लाहकार, संरक्षक र कार्यसमितिका पदाधिकारीहरु उम्म्मेदवारको प्रस्तावक र समर्थक बस्न नपाउने नियम उल्लेख नभएको आरोप एउटा पक्षको रहेको छ | उम्मेदवारहरु राजनीतिक, धार्मिक वा जातीय संघसंथाको कार्यकारी पदमा रहेकाहरुले राजिनामा दिएको राजिनामा पत्र पनि समय सिमा भन्दा ढिलो आएको भन्ने जिज्ञासामा संयोजक पन्तले उमेदवारहरुको उजुरीको आधार बनाएर हामीले बस्तुस्थिति बुझेर नै अगाडी बढेको बताएका छन् | राजिनामा आएका छन् तर हामीले संबन्धित संथाहरुलाई उहाँहरुको बारेमा सोध्ने कुरा हुदैन भन्दै पन्तले हामी प्रक्रियामा गएका छौ हामीले पटक पटक सुचना गरेको हो भन्ने आसय राखेका थिए |
निर्वाचन समितिलाई कार्यसमितिले अधिकार दिएकाले नियम संगत तरिकाले अगाडी बढेको बताउदै पन्तले प्रमाणीकरण हुन बाकि उम्मेदवारहरुको बारेमा समितिमा छलफल हुने बताएका छन् |
निर्वाचन समितिको फितलो ब्यबस्थापन र सूचनाका कारण उम्मेदवारहरु अन्यायमा परेको अग्रजहरुको भनाई रहेको पाइएको छ | निर्वाचन समितिले जतिसुकै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गराउने प्रतिबध्दता जनाएपनि अन्तत समिति बिबादमा परेको देखिएको छ | ५०५ पंजीकृत सदस्यहरुको प्रस्तावक र समर्थकमा रहने प्राबधानलाई कुनै नियमले छेक्न नसक्ने भन्दै निर्वाचन समिति बिरुद्ध उजुरी पर्न सक्ने देखिन्छ | त्यसै गरि निर्वाचन समितिका ५ मध्ये २ जना सदस्यले उम्मेदवारी प्रकाशनमा भएको अनियमितता उपर छानबिन गर्न माग गरेका छन् |

श्रीमान अध्यक्ष ज्यु, एन आर एन नेदरल्यान्ड्स ।

बिषय :उम्मेदबारी प्रकाशन मा भएका अनिमियता उपर छनबिन को माग

प्रस्तुत बिषय मा एन आर एननेदरल्यान्ड्स निर्वाचन समिती अन्तर्गत दरखस्त छनबिनमा को क्रममा निम्न बिषयहरुमा गलत निर्णय भएको हुँदा पुन छनबिन गरी सच्चाउन लागि निबेदन गर्दछौ । 1) Guideline and code of conduct NRNA NCC NL 2021 को बुद नम्बर १४ मा To maintain the fairness and unbiasedness of NRNA NCC NL, the existing Board, Patrons, Advisors Shall not stand for and against of the candidates and election activities unless they are the candidate of the election.भनिएको छ । यसको आधार मा कार्यसमिति  सदस्यहरु , सल्लहाकार , र समरक्षक लाई प्रस्थावक र समर्थक बस्दा निदेवान रद्ध गरिएको छ । यस नियममा मा कतै पनि शब्दिक रुपले कार्यसमिती सदस्य , सल्लहाकर र सम्रक्षक बस्न नपाईने भनेर खुलेको छैन ।कार्य समिती सदस्य , सल्लहकार र सम्रक्षक पनि एन आर एन नेदरल्यान्ड्सका पन्जिक्रित सदस्य हुन । हरेक पन्जिक्रित सदस्यहरुको पनि अधिवेसन मा उम्मेदबार हुने, मतदान गर्ने, कुनै उम्मेदबरहरुलाई प्रस्तव गर्ने तथा समर्थन गर्ने आधारभुत अधिकार रहन्छ । समिती ले यो बुदाको गलत व्याख्या गरेर उम्मेदबारी खरेजी गरेको हुँदा सच्चाउनका का लागि अनुरोध गर्दछौ । 2)१३ राष्ट्रिय महाधिवेसन सन्चालन सम्बन्धी नियमाबली २०२१ को ५।१३ मा उल्लेख भए अनुसार कुनै उम्मदेवार राजनैतीक, जातिय वा धर्मिक संस्थाको कायाकारी समितिको पदाधिकारी वा सदस्य पद धराण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी मनोनयन फारमका साथ मा ३० जुन ५ बजे भित्र एकसाथ पेश गर्नु पर्ने आउनु पर्ने मा समयमा नअाइ पछी समाबेश गरिएको छ जुन नियम बिपरित छ । यसरी समयमा रजिनामा नआएका उम्मेदबार्हरुको उम्मेदबरी पनि रद्ध हुन पर्ने देखिन्छ ।

निवेदक 

उत्तम कंडेल,

बिकास शर्मा,

नबै एन आर एन अधिवेसन को निर्वाचन सदस्य ।

बोधार्थ : श्री सन्योजक ज्यु , नवौ एन आर एन अधेवेसन निर्वाचन समिती 2021

 

Share