एनआरएन नेदरल्याण्डसको चुनाबी सरगर्मी तात्यो , कस्ले मार्ला बाजी

नेदरल्याण्डस, गैर-आवासीय नेपाली संघ नेदरल्याण्डसको आगामी कार्यकाल २०२१-२३ का एक जना केन्द्रीय परिषद सदस्य सहित २० विभिन्न पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ | सबैजना उम्मेदवारहरुले आ-आफ्ना पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नालागि मत माग्ने क्रम जारीरहेको छ | हामीहरु अहिले विविध कारणवश प्रवासमा छौ । भौगोलिक रुपमा जहाँ रहे पनि हामीले आफूलाई नेपाल र नेपालीपन अनि नेपाली समाजभन्दा टाढा राख्न सक्दैनौं । हामी आफू के हौँ वा आफ्नो लागि के गर्दैछौं भन्दा पनि हामीले समाजका लागि के गर्यौं र सामाजिक कार्यहरुमा कसरि सहभागिता राख्छौं भन्ने कुरा महत्वपूर्ण हो | यस संस्थाको सुदृढीकरण र संस्थागत सवलीकरण गर्दै यसलाई सबैको साझा संस्थाको रुपमा विकसित गर्नुपर्ने आवश्यकता अझै रहेको छ।

हाम्रा हरेक कार्यहरु सामाजिक हितका लागि त छन् नै, अब यस्ता कार्यहरु हाम्रा वालवालिका तथा युवा पुस्ताका लागि समेत मार्ग-दर्शक बन्नुपर्छ । हामीले उनीहरुलाई यस संस्थाप्रति आकर्षित गर्न एउटा ठोस कार्य योजनाका साथ अघिबढ्नुपर्छ र महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने नै हो । यसका लागि हामीले एकतृत भएर अझै धेरै पहलहरु गर्नु जरुरि देखिएको छ। हाम्रो मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आ-आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता हुनुपर्दछ।

एनआरएनए नेदरल्याण्ड्सलाई सबै नेपालीहरुको पहुँचको साझा तथा सर्व-सहभागितामूलक संगठन बनाउन पहल गर्नका लागि नेतृत्व सबल र सक्षम हुनुपर्दछ। नेदरल्याण्ड्समा बसोबास गर्नुहुने सबै नेपालीहरुको सामाजिक हित संरक्षण र अभिवृद्धिका लागि कार्य गर्ने किसिमका योजनाहरु ल्याउन जरुरि छ । हाम्रो मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आ-आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबध्दता हुनुपर्दछ।

संस्थागत नीतिनिर्माणमा अन्य संघ संस्थाहरुसंग सहकार्यका लागि अग्रसर हुने र त्यसका लागि प्रोत्साहित गर्ने वातावरण बनाउन सक्नुपर्दछ। विविध कार्यहरूद्वारा हाम्रा वालवालिकाहरु र युवा समुदायमा यस संस्थाप्रति आकर्षण पैदा गर्ने र यस संस्थाप्रति मोह र आफनत्व अभिवृद्धि गराउने खालका कार्ययोजनाहरु प्रस्तुत हुनुपर्दछ । एनआरएनए नेदरल्याण्ड्सलाई सबै नेपालीहरुको पहुँचको साझा तथा सर्व-सहभागितामूलक संगठन बनाउन पहल गर्नका लागि नेतृत्व सबल र सक्षम हुनुपर्दछ। नेदरल्याण्ड्समा बसोबास गर्नुहुने सबै नेपालीहरुको सामाजिक हित संरक्षण र अभिवृद्धिका लागि कार्य गर्ने किसिमका योजनाहरु ल्याउन जरुरि छ । हाम्रो मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आ-आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबध्दता हुनुपर्दछ।

संघको विधान र निर्वाचन समितिको आचारसंहिताले कुनै गुट वा उपगुट बनाई निर्वाचन प्रकृयामा जान निषेध गरेको भएतापनि अघोषित रुपमा गुट तथा उपगुटहरु देखिएका छन्। निर्वाचन आचार संहिता विपरित देखिएका यसप्रकारका कार्यहरु उपर निर्वाचन समितिले कडाइका साथ लाग्ने जनाएको छ | सामाजिक संजालमा नेतृत्वमा रहन चाहनु भएका उम्मेदवारहरुमा आपसी दोषारोपण हुनु झनै समाजका लागि दुर्भाग्य हुन जान्छ |

संस्थागत नीतिनिर्माणमा अन्य संघ संस्थाहरुसंग सहकार्यका लागि अग्रसर हुने र त्यसका लागि प्रोत्साहित गर्ने बातावरण बनाउन सक्नु पर्दछ। विविध कार्यहरूद्वारा हाम्रा वालवालिकाहरु र युवा समुदायमा यस संस्थाप्रति आकर्षण पैदा गर्ने र यस संस्थाप्रति मोह र आफनत्व अभिवृद्धि गराउने खालका कार्ययोजनाहरु प्रस्तुत हुनुपर्दछ । एनआरएनए नेदरल्याण्डसलाई एउटा विशुद्ध साझा संगठनको रुपमा बिकसित गर्दै सबैको साझा संगठनको रुपमा उभ्याउन सकेमा भावी पुस्तालाई संथा प्रति ठान्दै सहभागिता हुन उत्प्रेरणा मिल्ने सुनिस्चित छ । एनआरएनए नेदरल्याण्ड्समा अहिले सम्म ५०५ पंजीकृत सदस्यहरु रहेका छन् | अघिल्लो कार्यकालभन्दा अहिले सदस्य संख्या घटेको छ | लगभग २३०० संख्यामा रहेको नेपाली समाजमा सदस्य बन्न योग्य उमेर भएका नेपालीहरुको संख्यामा हालको सदस्यता संख्या न्यून हो | एनआरएन नेदरल्याण्डसको अध्यक्ष पदमा प्रत्यासी दुई जना देखिएका छन् | संघको विधान र निर्वाचन समितिको आचारसंहिताले कुनै गुट वा उपगुट बनाई निर्वाचन प्रकृयामा जान निषेध गरेको भएतापनि अघोषित रुपमा गुट तथा उपगुटहरु देखिएका छन्। निर्वाचन आचार संहिता विपरित देखिएका यसप्रकारका कार्यहरु उपर निर्वाचन समितिले कडाइका साथ लाग्ने जनाएको छ | सामाजिक संजालमा नेतृत्वमा रहन चाहनु भएका उम्मेदवारहरुमा आपसी दोषारोपण हुनु झनै समाजका लागि दुर्भाग्य हुन जान्छ |

समाजलाई मिलाएर जानुको कुनै विकल्प नरहेको नेदरल्याण्डसमा रहेका बौद्धिक जमात, बिभिन्न संघ सस्थामा रही राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गरिसक्नु भएका अग्रजहरु र सामाजिक अभियन्ताहरु सहितको ठूलो समूहको मनसाय रहेको पाइएको छ | यदि माथि भनिएजस्तो सहि योजना र नेदरल्याण्डसको एनआरएन अभियानलाई संथागत नीतिनिर्माणका प्रष्ट खाका बोकेर नेपाली समुदायमा गएका जो कोहि उम्मेदवारहरु पनि समुदायका प्रिय हुन सक्छन र उनीहरुले बाजी मार्ने पक्का छ |

Share