एन आर एन नेदरल्यान्ड्सको निर्वाचन समितिले गर्यो उम्मेदवार घोषणा

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ | जुलाई ११ तारिख हुन गैरहेको अधिवेशनमा नयाँ कार्यसमिति चयन का निम्ति निर्वाचन समितिले जुन २८ तारिख देखि ३० तारिख बेलुका ५ बजे सम्मका लागि पंजीकृत सदस्यहरुलाई उम्मेद्वारी आव्हान गरेको थियो | सोहि अनुरुप आइसीसी सदस्यमा एक पदका लागि २ जना, अध्यक्षको एक पदका लागि २ जना, उपाध्यक्षको २ पदकालागि ४ जना, महिला उपाध्यक्षमा एक पदकालागि २ जना, महासचिबको एक पदकालागि २ जना, सचिबमा एक पदमा २ जना, कोषाध्यक्षमा एक पदमा २ जना, सह- कोषाध्यक्षमा १ पदकोलागी २ जना, युवा संयोजकमा एक पदकालागि २ जना, महिला संयोजक एक मा निर्बिरोध, क्षेत्रीय संयोजकहरुमा साउथ हल्याण्डको एक पदकालागि २ जना, नर्थ हल्याण्डको एक जना निर्बिरोध, उत्रेक, लिम्बर्ग र खेल्दर्ल्याण्डका लागि उम्मेदवारी नपरेको र सदस्यहरुमा ५ पदकोलागी १० जनाको उम्मेदवारी परेको छ | निर्वाचन समितिले उम्मेदवार मनोनयन दर्ता अनलाईन मार्फत र प्रत्यक्ष उपस्थिति सहित गर्न सकिने ब्यबस्था मिलाएको थियो |

उम्मेदवारहरु मनोनयनमा अयोग्य लागेमा संघको बिधान र निर्वाचन समितिले जारि गरेको आचारसंघिता बमोजिम निर्वाचन समितिमा पंजीकृत सदस्यहरुले जुलाई १ तारिख सम्म उजुरी दिन सकिने निर्वाचन समितिले जनाएको छ | प्रकाशित नाममा लिखित दाबी बिरोध गर्ने को लागि इमेल : ec.nrnanl.21@gmail.com  | उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाएमा ३ जुलाई देखि ५ जुलाई सम्म समय तोकिएको समितिले जनाएको छ | केहि सदस्यहरु निर्बिरोध भएको घोषणा निर्वाचन समितिले दाबि बिरोध पश्चात उम्मेदवारहरुको अन्तिम नामावली जुलाई २ तारिख बेलुका ५ बजे सार्वजनिक गर्ने र सहमतिका कुनै बातावरण नबनेमा जुलाई ११ तारिख निर्वाचन पद्धतिमा जाने निर्वाचन समितिले जनाएको छ |

उम्मेदवारहरु मनोनयनमा अयोग्य लागेमा संघको बिधान र निर्वाचन समितिले जारि गरेको आचारसंघिता बमोजिम निर्वाचन समितिमा पंजीकृत सदस्यहरुले जुलाई १ तारिख सम्म उजुरी दिन सकिने निर्वाचन समितिले जनाएको छ | प्रकाशित नाममा लिखित दाबी बिरोध गर्ने को लागि इमेल : ec.nrnanl.21@gmail.com  | उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाएमा ३ जुलाई देखि ५ जुलाई सम्म समय तोकिएको समितिले जनाएको छ | केहि सदस्यहरु निर्बिरोध भएको घोषणा निर्वाचन समितिले दाबि बिरोध पश्चात उम्मेदवारहरुको अन्तिम नामावली जुलाई २ तारिख बेलुका ५ बजे सार्वजनिक गर्ने र सहमतिका कुनै बातावरण नबनेमा जुलाई ११ तारिख निर्वाचन पद्धतिमा जाने निर्वाचन समितिले जनाएको छ | नेदरल्यान्ड्सको समाज सानो समाज रहेकाले विभिन्न संघसंथाबाट नेतृत्व लिई सकेका  र सामाजिक अभियानमा अग्रसर व्याक्तिहरुको उम्मेदवारी परेकोले आवस्यक परेको बेलामा समाजमा एकताको संदेश जानेगरि सहमतिका सम्भावनाको खोजि जारिरहेको समेत जनाइएको छ |

Share