एन आर एन नेदरल्यान्ड्सको उम्मेदवारी शुल्क र निर्वाचन तालिका सार्बजनिक

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको निर्वाचन समितिले आगामी जुलाई ११ तारिख गरिने नवौं अधिवेशनको निर्वाचनका लागि कार्यक्रम तालिका सार्बजनिक गरेको छ | उक्त तालिका अनुरुप २८ जुन २०२१ देखि जुन ३० तारिख बेलुका ५ बजे सम्म निर्वाचनमा उम्मेदवारी दिन चाहने उम्मेदवारहरुले आ-आफ्नो पदमा उम्मेदवारी दिन सक्ने निर्वाचन समितिले जनाएको छ | प्रत्येक उम्मेदवारहरुको रितपुर्वक फारम भरि उम्मेदवारी शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्न सबै पंजीकृत सदस्यहरुलाई सुचित गरेको छ |


स्वयम् उम्मेदवार उपस्थित भएर उम्मेदवार दर्ता गर्न चाहनेहरुका लागि उक्त समय अवधि भित्र निम्न ठेगाना Massluisstraat 243, Amsterdam र अनलाईन मार्फत मनोनयन दर्ता गर्नका लागि मनोनयन दर्ता गर्ने इमेल  ec.nrnanl.21@gmail.com  मा निर्वाचन समितिले तय गरेको फारममा बैंक ट्रान्फर गरेको उम्मेदवारी शुल्कको स्क्रिन सट सहित सबै रितपुर्वक दिइएको आवेदनलाई मात्र मान्य हुने समितिले जनाएको छ |

Share