एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा पुर्जा र आइसीसी सदस्यमा सापकोटाले गरे उम्मेदवारी घोषणा

नेदरल्याड्स, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याड्सको आगामी कार्यकाल २०२१-२३ का लागि अध्यक्षमा सामाजिक अभियन्ता मिम पुर्जा र आईसीसीमा टिकाराम सापकोटाले  उम्मेदवारी धोषणा गरेका छन | यहि जुलाई ११ तारिख हुन लागेको एन आर एन नेदरल्याड्सको राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ | म्याग्दी स्थाई बसोबास भइ लामो समय देखि नेदरल्यान्ड्समा कर्मभूमि बनाउदै आएका मिम पुर्जा नेपालीहरु मध्यका एक सफल ब्यबशायी साथै एक सामाजिक अभियन्ता पनि हुन् | म्याग्दी समाजको अन्तराष्ट्रिय संजालमा आफ्नो सफल कार्यकाल सम्पन्न गर्दै रहेका पुर्जा एन आर एन नेदरल्यान्ड्सको कोषाध्यक्ष हुदै बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष भएर एनआरएन अभियानमा सफल भएका छन् |

आफ्नो उम्मेदवारीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको नेतृत्वमा रहेर सफलता पुर्वक कार्यभार समाली सक्नुभएका अग्रजहरु, विभिन्न संघसंथाहरु, समाजका अग्रज समाजसेवीहरुको साथै अग्रज बौद्धिक ब्याक्तित्व र नेदरल्यान्ड्सबासि आदरणीय जनसमुदायहरुको पूर्ण सहयोग र सद्भाव सहित विश्वासका साथ समर्थन रहेको पुर्जाले घोषणा गरेका हुन् |

गैर आवासीय नेपाली संघ प्रति सबैको अपनत्व महसुस हुने बातावरण श्रीजना गर्न नेदरल्यान्ड्स स्थित विभिन्न समुदायहरु, संघसंथा सामाजिक अभियन्ताहरुसंग सहकार्य गर्दै आफ्नो मातृभूमि र कर्मभूमिमा रहनुभएका नेपाली समुदायमा निस्वार्थभावले सामाजिक सेवा गर्दै आएको र आगामी दिनमा पनि प्रतिबद्ध  भएर लाग्ने घोषणा सहित एन आर एन नेदरल्यान्ड्सको वर्ष २०२१-२३ कार्यकालका लागि उम्मेदवारी दिएको पुर्जाले बताएका छन् |

आफ्नो उम्मेदवारीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको नेतृत्वमा रहेर सफलता पुर्वक कार्यभार समाली सक्नुभएका अग्रजहरु, विभिन्न संघसंथाहरु, समाजका अग्रज समाजसेवीहरुको साथै अग्रज बौद्धिक ब्याक्तित्व र नेदरल्यान्ड्सबासि आदरणीय जनसमुदायहरुको पूर्ण सहयोग र सद्भाव सहित विश्वासका साथ समर्थन रहेको पुर्जाले घोषणा गरेका छन् | समाजमा रहेर सामाजिक अभियानमा सहभागी हुन चाहने कसैलाई पनि अवसर दिनुपर्दछ भन्ने मान्यता राख्दै सोहि अनुरुप सबै क्षेत्रमा रहेका इच्छुक ब्याक्तिहरुलाई समेटेर सामाजिक अभियानमा सहभागी गराउने मिमले घोषणा गर्दै एनआरएन नेदरल्यान्ड्सले गर्न सक्ने दिर्घकालिन योजनाहरुका आधारभूत एजेन्डाहरु सहित केहि दिनमा कार्य योजना र समूह घोषणा गर्ने जनाएका छन् |

आइसीसी उम्मेदवार  टिकाराम सापकोटाले नबिन सोच, रचनात्मक गतिबिधि र गतिशील नेतृत्व बिना समयको माग र आवश्यकतालाई सम्बोधन गर्न सामहिक सुधार नितान्त जरुरि रहेको भन्दै समाजको प्रबुद्धवर्ग,सामाजिक क्षेत्रका अगुवा, पत्रकार, सृजनिशील युवा, विभिन्न पेशा र ब्यबसायमा आबद्ध साथीहरु लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीको समर्थन, सहयोग र सद्भाव रहनेछ भन्ने आशा गरेको भन्दै उम्मेदवारी घोषणा गरेको जनाएका छन् |

 

त्यसैगरी गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य (आइ सी सी) मा नेदरल्यान्ड्सबाट टिकाराम सापकोटाले उम्मेदवारी दिएका छन् | म्याग्दी स्थाई बसोबास भएका र सन् २००९ देखि आफ्नो कर्मभूमि नेदरल्यान्ड्सलाई बनाउदै आएका प्रवासी नेपाली मंच नेदरल्यान्ड्सका संथापक अध्यक्ष साथै एन आर एन नेदरल्यान्ड्सका सल्लाहकार साथै सफल ब्यबशायी सापकोटाले नबिन सोच, रचनात्मक गतिबिधि र गतिशील नेतृत्व बिना समयको माग र आवश्यकतालाई सम्बोधन गर्न सामहिक सुधार नितान्त जरुरि रहेको भन्दै समाजको प्रबुद्धवर्ग,सामाजिक क्षेत्रका अगुवा, पत्रकार, सृजनिशील युवा, विभिन्न पेशा र ब्यबसायमा आबद्ध साथीहरु लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीको समर्थन, सहयोग र सद्भाव रहनेछ भन्ने आशा गरेको भन्दै उम्मेदवारी घोषणा गरेको जनाएका छन् |

Share