एनआरएन नेदरल्यान्ड्सको निर्वाचन समितिले पंजीकृत सदस्यताबारेमा निर्णय गर्यो

नेदरल्यान्ड्स, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आसन्न नवौं अधिवेशनलाई मध्यनजर गर्दै निर्वाचन समितिले सदस्यता प्रक्रियाको त्रुटिका बारेमा परेको उजुरीका बारेमा ब्यापक छलफल गर्दै निर्णय गरेको निर्वाचन समितिले जनाएको छ |
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको पंजीकृत सदस्यता वितरणमा आफ्ना प्रत्यक्ष परिवार बाहेक धेरै व्याक्तिहरुको सदस्यता शुल्क एकै ब्याक्ति बाट आएको पाइएको लाइ त्रुटी भएको ठहर गर्दै आगामी दशौँ अधिवेसनमा निर्वाचन निर्देशिका तथा आचारसंघिता ( ४.६ आईसीसी ) बमोजिम गर्ने गराउने ब्यबस्था मिलाउन निर्देशन दिने निर्णय उल्लेख गरेको छ |

पंजीकृत सदस्यता शुल्कको बारेमा सम्बन्धित पक्षसंग के कति कारणबाट उक्त परिस्थितिको श्रीजना भएको भन्ने बारेमा लिखित जावाफ मागिने र निर्वाचन समितिले सार्बजनिक गरेको नामावलीमा ब्याक्तिको गोपनियता कानुन अनुसार डाटाहरु पनि रहेको कारण कोहि पंजीकृत सदस्यलाई उक्त प्रक्रियामा बिमति रहेमा जुन २५ तारिख सम्म निर्वाचन समितिको ईमेल  ec.nrnanl.21@gmail.com  मा जानकारी गराउन समेत भनिएको छ |

निर्वाचन समितिको २३ जुन मा बसेको बैठकको निर्णय अनुसार गत १६ जुनमा निर्वाचन समितिले अनुमोदन गरेको निर्वाचन निर्देशिका तथा आचारसंघिता सार्बजनिक गर्नुका साथै कार्यन्वयन गर्ने निर्णय गर्दै निर्वाचनका लागि निर्वाचन कार्यतालिका तथा सम्बन्धित फारमहरू सबैका लागि सार्बजनिक गर्ने र उपलब्ध गर्ने निर्णय भएको समेत निर्वाचन समितिले जनाएको छ |

निर्वाचन समितिको निर्णय ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *