सामाजिक अभियानमा प्रतिबद्धता जनाउदै पदमले अध्यक्षमा र आइसीसीमा कट्टेलले गरे उम्मेदवारी घोषणा

नेदरल्यान्ड्स,    गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आगामी बर्ष २०२१-२३ कार्यकालका लागि समाजसेवी पदम क्षेत्री ( राम चन्द्र ) ले अध्यक्ष पदमा आज उम्मेदवारी घोषणा गरेका छन् | पर्वत  कुश्मा नगरपालिकाको १ नम्बर वडामा स्थायी बसोबास हुदै बिगत १५ बर्ष देखि नेदरल्यान्ड्समा स-परिवार बस्दै आएका समाजसेवी पदम क्षेत्री ( रामचन्द्र ) एन आर एन नेदरल्यान्ड्सका संथापक सदस्य, जन सम्पर्क समितिका निवर्तमान अध्यक्ष, साथै नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रसिक्षण प्रतिष्ठानका नेदरल्यान्ड्स शाखाका शाखा प्रमुख साथै नेदरल्यान्ड्सका  एक सफल नेपाली ब्यबशायी  समेत हुन् |  नेदरल्यान्ड्समा रहेका विभिन्न संघसंथाहरुका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरु सहित नेदरल्यान्ड्सबासी हरुको उल्लेख्य उपस्थितिमा आफ्नो अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए | 

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको स्थापना देखि विभिन्न कालखण्डमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको स्मरण गराउदै सामाजिक अभियानमा सबै संघ संथाहरु संग सहकार्य गर्दै गैर आवासीय नेपालीहरुको र मातृभूमिको हितका लागि अन्तिम पटक सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध गर्दै व्हिलचियर बाट अनुरोध गर्दै उम्मेदवारी घोषणाको क्रममा आफ्ना अभिव्यक्ति राख्दै गर्दा उपस्थित सबै भबबियोर भएका थिए |

“जब मलाई पक्षघातको बिमारले हान्यो तत पश्च्यात मेरो लाइफमा अचानक गम्भिर परिवर्तन आयो । बाच्ने आशै नभएको अवस्थाबाट पनि नयाँ जीवन पाउन सफल भए । तपाईंहरुको माया र आशिर्वादले म अहिले यहाँसम्म आउन सफल भएको छु । मेरो अमुल्य समय पनि समाज सेवामा नै समर्पण गर्ने अठोट लिएको छु । मेरो उम्मेदवारीको सम्बन्धमा मैले मेरो घरपरिवार, साथीभाइ तथा अग्रजहरु सबैसँग सल्लाह र सुझाव र समर्थन लिएर मात्र अगाडि बढेको हुँ । संघको नेत्रित्व गर्ने मेरो आन्तरिक इच्छा र गहिरो चाहना भएकोले नै मैले उमेदवार दिने निर्णय गरेको जानकारी गराउँदै यस अभियानमा यहाँहरुबाट मलाई पूर्ण सहयोग र समर्थन रहनेछ भन्ने कुरामा बिश्वास्त छु । गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको स्थापना काल देखिनै आबद्ध भएर बिभिन्न काल खण्डमा बिभिन्न भूमिकामा रहेर सेवा गर्ने अवसर मिल्यो । यस अभियानमा जोडीएर सबैसँग हतेमालो गर्दै गैरआवासिय नेपालीहरुको हक र हितमा काम गर्न पाउँदा अतिनै गौरवको महसुस गरिरहेको छु ।”

उनि भन्दै थिए ” जब मलाई पक्षघातको बिमारले हान्यो तत पश्च्यात मेरो लाइफमा अचानक गम्भिर परिवर्तन आयो । बाच्ने आशै नभएको अवस्थाबाट पनि नयाँ जीवन पाउन सफल भए । तपाईंहरुको माया र आशिर्वादले म अहिले यहाँसम्म आउन सफल भएको छु । मेरो अमुल्य समय पनि समाज सेवामा नै समर्पण गर्ने अठोट लिएको छु । मेरो उम्मेदवारीको सम्बन्धमा मैले मेरो घरपरिवार, साथीभाइ तथा अग्रजहरु सबैसँग सल्लाह र सुझाव र समर्थन लिएर मात्र अगाडि बढेको हुँ । संघको नेत्रित्व गर्ने मेरो आन्तरिक इच्छा र गहिरो चाहना भएकोले नै मैले उमेदवार दिने निर्णय गरेको जानकारी गराउँदै यस अभियानमा यहाँहरुबाट मलाई पूर्ण सहयोग र समर्थन रहनेछ भन्ने कुरामा बिश्वास्त छु । गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको स्थापना काल देखिनै आबद्ध भएर बिभिन्न काल खण्डमा बिभिन्न भूमिकामा रहेर सेवा गर्ने अवसर मिल्यो । यस अभियानमा जोडीएर सबैसँग हतेमालो गर्दै गैरआवासिय नेपालीहरुको हक र हितमा काम गर्न पाउँदा अतिनै गौरवको महसुस गरिरहेको छु ।”

सामाजिक संथामा राजनीतिक हाबी भएकोमा दु:ख ब्यक्त गर्दै संथामा सबै तह र तप्काको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता राख्दै संथालाई पूर्वाग्रह रहितको सामाजिक नेतृत्वमा चयन हुनुपर्दछ भन्नेमा आफु अडान रहेको घोषणा सभामा बताएका थिए | समाजलाई एक ढिक्का बनाएर कसैलाई काखा र कसैलाई पाखा नगरी आपसी सद्भावका साथ सबैको अपनत्व रहने गरि ब्यबस्थापन गर्न तयार रहेको उल्लेख गर्दै एक सभ्य समाज निर्माणमा साथ दिन नेदरल्यान्ड्सबासी नेपाली समुदायमा आग्रह गर्दै गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् |
विभिन्न संघ संथाका प्रतिनिधिहरु र सामाजिक अभियन्ताहरुले सामाजिक न्यायका निम्ति एक पटक नेतृत्वका लागि अवसर प्रदान गर्न समुदायमा अनुरोध गर्दै अन्य साथीहरुले पनि पदमको अभियानमा साथ दिन अनुरोध गरेका थिए |

उम्मेदवारी घोषणाको क्रममा प्रतिबध्दता जाहेर गर्दै संघले लगभग दुई दशक पार गरि सक्दा संघका नँया चुनौतीहरु पनि थपिदै गरेको परिप्रिक्षमा समाजको भावना र आवश्यकतालाई मनन गर्दै नेपाली समाज नेदरल्यान्ड्सको सामाजिक,आर्थिक र मानविय कार्यमा एनआरएनएको प्रमुख भूमिका निर्वाह आफ्नो कार्यकालमा गर्नेमा बिश्वस्थ रहन आग्रह गरेका  छन् |

त्यसै गरि आइ सी सी सदस्यमा गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदको दुई पटक महासचिब हुदै विभिन्न पदमा जिम्मेवारी सफलतापुर्वक निर्वाह गरिसकेका अच्चुत कट्टेलले समेत संगै उम्मेदवारी घोषणा गरेका छन् | संथाको हितका लागि अन्तरास्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषदको समन्वय भूमिकामा आफ्नो सम्पूर्ण समय खर्च गर्ने प्रतिबध्दता जाएर गर्दै नेदरल्यान्ड्सबासि नेपाली समुदायमा उक्त अवसर प्रदान गर्न आफ्नो अमुल्य मतले सहयोग गर्नु हुनेछ भन्दै सामाजिक काममा रहेर एन आर एन अभियानमा निरन्तर रहने प्रतिबध्दता जनाएका थिए |
घोषणा सभा भब्य रुपमा सामाजिक दुरी कायम गर्दै सरकारी नियमलाई समेत पालना गर्दै सम्पन्न भएको थियो |

Share