ईनास ग्लोबलले गायन तथा नृत्य प्रतियोगिताको दोश्रो शृंखला आयोजना गर्दै

नेदरल्याड्स,  नेपाली कला संस्कृतिको विश्वव्यापी संरक्षण, संवर्द्धनका साथै विभिन्न कार्यक्रमहरु मार्फत कलाकारहरुलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्दै आएको ईनास ग्लोबलद्वारा इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिताको दोश्रो शृंखला ” दोश्रो ईनास गायन तथा नृत्य प्रतियोगिता ” सुरु गर्न लागिएको ईनास ग्लोबलले जनाएको छ। विश्वभरिका कलाकारहरुको निरन्तरको अनुरोध र प्रतियोगिता सम्बन्धी जिज्ञाषालाई दृष्टिगत गर्दै  यस कार्यक्रमलाई आज जुन १४ तारिखबाट  विधिवत रुपमा सुरुवात गरिएको हुँदा यस प्रतियोगितामा भाग लिन चाहाने इच्छुक कलाकारहरुलाई सहभागिताको लागि ईनास ग्लोबलले  हार्दिक अनुरोध गरेको  छ । यस संथाका दिवंगत युरोप संयोजक तथा ग्लोबल नृत्य संयोजक सन्त बहादुर थापा मगर प्रति पूर्णरुपमा समर्पित रहने गरि ईनास अमेरिका क्षेत्रीय समितिको संयोजन, ईनास एशिया, युरोप, मध्यपूर्व, ओसेनिया, अफ्रिका क्षेत्रीय समितिहरुको सहकार्य र ईनास नेपाल समन्वय समितिको समन्वयमा दोश्रो शृंखला हुन लागेको ईनास ग्लोबल समितिले जनाएको छ |

प्रथम हुने गायन तथा नृत्य दुवै विधामा प्रथम हुने कलाकारहरुलाई एक बर्ष कार्यकाल रहने गरि ईनासको अवैतानिक मानार्थ सांस्कृतिक दूत नियुक्त गरिने र “ईनास ग्लोबल सिंगिङ स्टार २०२१” र “ईनास ग्लोबल डान्सिङ् स्टार २०२१” को उपाधि सहित जनही नगद एक लाख रुपैया, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगी कलाकारहरुलाई फस्ट रनरअप तथा सेकेन्ड रनरअप को उपाधि सहित जनही पचास हजार र पच्चीस हजार नगद रुपैया, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने र ईनास अवार्ड लगायतका कार्यक्रमहरुमा प्रस्तुतिका अवसरहरु प्रदान गरिने साथ चलचित्र, म्युजिक भिडियोहरुमा समेत गायन तथा अभिनय गर्नका लागि अवसर दिइने आयोजकले जनाएको छ |

प्रतियोगितामा छनौट भएका बिजयी कलाकारहरुलाई विभिन्न पदक र सम्मान पत्र सहित सम्मान गरिने जानकारी गराइएको छ | प्रथम हुने गायन तथा नृत्य दुवै विधामा प्रथम हुने कलाकारहरुलाई एक बर्ष कार्यकाल रहने गरि ईनासको अवैतानिक मानार्थ सांस्कृतिक दूत नियुक्त गरिने र “ईनास ग्लोबल सिंगिङ स्टार २०२१” “ईनास ग्लोबल डान्सिङ् स्टार २०२१” को उपाधि सहित जनही नगद एक लाख रुपैया, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगी कलाकारहरुलाई फस्ट रनरअप तथा सेकेन्ड रनरअप को उपाधि सहित जनही पचास हजार र पच्चीस हजार नगद रुपैया, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने र ईनास अवार्ड लगायतका कार्यक्रमहरुमा प्रस्तुतिका अवसरहरु प्रदान गरिने साथ चलचित्र, म्युजिक भिडियोहरुमा समेत गायन तथा अभिनय गर्नका लागि अवसर दिइने आयोजकले जनाएको छ | प्रतियोगिता सम्बन्धि नियमहरु तथा सम्पर्कका लागि ठेगाना निम्न अनुसार रहेको ग्लोबल ईनासले जनाएको छ ।

दोश्रो इनास ग्लोबल अनलाइन गीत तथा नृत्य प्रतियोगिता २०२१
2nd INAS Global Online Singing And Dancing Competition 2021
प्रतियोगिता सम्बन्धी नियमहरु :
१. प्रतियोगिता एकल हुनेछ।
२. प्रतियोगीले गाउने वा नृत्य गर्ने गीत नेपाली हुनुपर्नेछ।
३. प्रतियोगीमा १४ वर्ष उमेर पूरा भएका विश्वभर बसोबास गर्ने इच्छुक नेपाली वा नेपाली भाषी कलाकारहरुले भाग लिन सक्नेछन ।
४. प्रतियोगिता डिजिटल अडिसन, क्वाटरफ़ाइनल, सेमीफाइनल, र फाइनल गरि चार चरणमा सम्पन्न हुनेछ। आयोजक समितिले आवश्यक ठानेमा प्रतियोगीहरूबीच युगल प्रस्तुति चरण समेत थप गर्नसक्नेछ। फाइनल चरणमा नियमित प्रस्तुति अन्तर्गत लोक प्रस्तुति र निर्णायक चरण अन्तर्गत निर्णायकहरुको रोजाईको गीतमा प्रस्तुति (judges round) गरि दुई प्रस्तुतिहरु रहनेछन।
६. प्रतियोगिताको लागि इच्छुक कलाकारहरुको प्रारम्भिक छनौट (अडिसन) डिजिटल्ली हुनेछ।
७. अडिशनपश्चात विश्वभरिबाट गायन विधामा कूल २५ जना र नृत्य विधामा कूल २५ जना प्रतियोगी कलाकारहरु ग्लोबल चरण अन्तर्गत क्वाटरफ़ाइनल चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलका लागि छनौट भएका प्रतियोगीहरुको नामावली सहित प्रस्तुतिको भिडियो पब्लिक भोटिङ्गको लागि इनासको फेसबुक पेजमा राखिनेछ।
८. क्वाटरफ़ाइनल चरणबाट गायन तर्फ १० र नृत्य तर्फ १० गरि कूल २० जना प्रतियोगीहरु सेमिफाइनल चरणमा प्रवेश गर्नेछन भने सेमिफ़ाइनलमा उकृष्ट ठहरिएका नृत्य तर्फ ५ र नृत्य तर्फ ५ गरि कूल १० जना प्रतियोगीहरु फाइनल चरणमा प्रवेश गर्नेछन।
९. प्रतियोगितामा भाग लिने कलाकारहरुले आफ्नो इच्छा सहित आफूले गाउने वा नाच्ने गीतको ओरिजिनल गायक, गीतकार वा संकलक, संगीत निर्देशक, चलचित्रको हो भने चलचित्रको नाम र उत्पादक कम्पनीको नाम सहित आफ्नो नाम, थर, ठेगाना र आफू रहेको देशको नाम खुलाई गायनको लागि inasvocal@gmail.com र नृत्यको लागि inasdance@gmail.com मा भिडियो पठाउनुपर्नेछ। यसका साथै वेबसाइट www.inas.global
मा रहेको फारम भरि भिडियो संलग्न गरेर पठाउन सकिनेछ।
१०. प्रतियोगीले प्रस्तुत गर्ने गायन तथा नृत्यको प्रस्तुति कम्तिमा २ मिनट र बढिमा ३ मिनटको हुनुपर्नेछ।
११. प्रतियोगिताको लागि पठाइने भिडियो एक सटमा खिचिएको र कुनै पनि प्रकारले सम्पादन नगरिएको हुनुपर्नेछ।
१२. प्रतियोगिताको लागि पठाइने भिडियो टिकटकको जस्तो ठाडो नभई युट्युबमा राखिने जस्तो तेर्सो (landscape) हुनुपर्नेछ। साथै, अन्य कुनै अनलाईन गायन वा नृत्य प्रतियोगितामा सहभागिताका लागि पठाइएको र पहिलेनै युट्युबमा अपलोड गरि सार्वजनिक गरिसकेको भिडियोलाई स्वीकार गरिनेछैन।
१३. गायन विधाका प्रतियोगीले म्युजिक ट्रयाकमा वा सांगीतिक उपकरणहरु बजाएर गीत गाउन सक्नेछन। तथापि गीत गाउँदा माइकको प्रयोग भने गर्न पाइनेछैन।
१४. निर्णयको लागि सम्वन्धित विधामा दक्षता हासिल गरेका व्यक्तित्वहरु रहनुभएको एक निर्णायक समिति रहनेछन भने प्रतियोगितामा नतिजा पब्लिक भोटिंग अन्तर्गत फेसबुकमा प्राप्त हुने लाइक संख्या र निर्णायक मण्डलबाट प्राप्त हुने कूल अङ्कको आधारमा गरिनेछ।
१५. पब्लिक भोटिङ्गको समयावधि भिडियो अपलोड गरिएपछि ७ दिनको हुनेछ। पब्लिक भोटिङ्ग अन्तर्गत तोकिएको अवधिमा प्राप्त हुने लाइक्सहरुलाई गणना गर्दा एक लाइक बराबर एक अंक प्रदान गरिनेछ।
१६. निर्णायक समूहबाट प्राप्त हुने अङ्कलाई कूल अङ्कको ९०% प्रतिशत र पब्लिक भोटिंगबाट प्राप्त हुने कूल अङ्कलाई १०% प्रतिशत अङ्कभार प्रदान गरिनेछ । यसप्रकार निर्णायक समूह र पब्लिक भोटिंग दुवैबाट प्राप्त अङ्क प्रतिशतलाई जोड्दा हुनआउने कूल अङ्क मध्ये सबैभन्दा बढि अङ्क प्राप्त गर्ने प्रतियोगीलाई प्रतियोगिताको अर्को चरणमा प्रवेश गराइनेछ।
१७. क्वाटरफ़ाइनल चरणमा प्रवेश गरेका गायन तथा नृत्य दुवै विधाका कलाकारहरुलाई नृत्य र गायन सम्बन्धी आवश्यक सरसल्लाह एवं अनलाइनबाट प्रशिक्षण दिन प्रथम इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिताका बिजेता समूह मध्यबाट मेण्टोरहरुको ब्यबस्था गरिनेछ ।
१८. प्रतियोगितामा प्रथम हुने नृत्य तथा गायन दूवै विधाका प्रतियोगीहरुलाई एक कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सांस्कृतिक दूत (Honerary Cultural Goodwil Ambassador) नियुक्त गरिनुका साथै इनास ग्लोबल सिङ्गिङ्ग स्टार २०२१ (INAS Global Singing Star 2021) वा इनास ग्लोबल डान्सिङ्ग स्टार २०२१ (INAS Global Dancing Star 2021) को उपाधि सहित जनही नगद रु. १,००,००० (नेपाली रुपैया एक लाख), ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने दूवै विधाका प्रतियोगीहरुलाई इनास ग्लोबल सिङ्गिङ्ग स्टार र डान्सिङ्ग स्टार २०२१ -फष्ट रनर अप ( INAS Global Singing or Dancing Star 2021 – 1st runner up ) र तृतीय स्थान हासिल गर्ने प्रातियोगीलाई इनास ग्लोबल सिङ्गिङ्ग वा डान्सिङ्ग स्टार २०२१ सेकेण्ड रनर अप (INAS Global Singing or Dancing Star 2021, 2nd runner up) क्रमश: रु. ५०,००० (नेपाली रुपैया पचास हजार) नगद, ट्रफी र प्रमाण-पत्र र रु. २५,००० (नेपाली रुपैया पच्चीस हजार) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ। साथै प्रतियोगितामा चौथो र पाँचौ स्थान हासिल गर्ने कलाकारलाई सम्मान स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान​ गरिनुका साथै फाइनलमा प्रवेश गर्ने सबै कलाकारहरुलाई प्रमाण-पत्र सहित मायाको चिनो (Token of love ) प्रदान गरिनेछ। साथै, बिजेता कलाकारहरुलाई चलचित्र, म्युजिक भिडियो आदिमा गायन तथा अभिनयको अवसर प्रदान गरिनेछ भने इनास चलचित्र अवार्ड लगायतका कार्यक्रमहरुमा प्रस्तुतिको अवसर समेत प्रदान गरिनेछ।
१९. कार्यक्रम सम्बन्धी सम्पूर्ण अधिकार आयोजकमा सुरक्षित रहनेछ।
-थप जानकारीका लागि +4527599222, (Singing), +33651152943, +4915206498333 (Dance) +32485927760 , +34631428506, + 33782633842 (Europe), +15713791986+17039635887 (North America), +61433024680, +61402740071 (Oceania), +971528841591 (Midde East) +977 9851022098, +9779849361677, +9779818035874 (Asia),www.inas. global मा हेर्न वा इनासका राज्य, राष्ट्रिय क्षेत्रीय वा ग्लोबल समितिका पदाधिकारीहरुसँग सम्पर्क राख्न सकिनेछ।

 

Share