अन्तरिक्षमा सेट्लाइट पठाउने टिममा नेपाली चेली श्रेष्ठ छनौट !

नेदरल्यान्ड्स  नेदरल्यान्ड्समा एउटी नेपाली चेली सरु श्रेष्ठ धृढ संकल्प भए सपनालाई पनि बिपनामा रुपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएकी छिन | इन्जिनियरिंग बिषयमा केहि गरेर देखाउने अठोटका साथ अध्ययनमा लागिपरेकी सरु नेपाली चेली हुनुको गर्वको रुपमा प्रस्तुत हुन सकेकी छिन | पोखराको स्टेप बाइ स्टेप हाइयर सेकेण्डरी स्कुलबाट एस एल सी गरेकी सरु नोबेल एकेडेमी कलेज पोखराबाट ए लेवल अध्ययन सकेर नेदरल्यान्ड्स आएकी थिइन् |

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका अन्द्रे क्याउपर्स (Andre Kuipers) ले अध्ययन गरेको नेदरल्यान्ड्सको टि यु डेल्फ बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग ( Aerospace Engineering )अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नातकोत्तर अन्तिम बर्षमा उनि अध्ययनरत छिन  |

बिगत ६ बर्ष देखी आफ्ना बाबु आमासंगै नेदरल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा सेट्लाइट पठाउने टिममा चुनिएकि छिन्। विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका अन्द्रे क्याउपर्स (Andre Kuipers) ले अध्ययन गरेको नेदरल्यान्ड्सको टि यु डेल्फ बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग ( Aerospace Engineering )अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नातकोत्तर अन्तिम बर्षमा उनि अध्ययनरत छिन | सानै उमेर देखि अध्ययनमा रुची राख्ने स्वाभाब भएकाले सरु डेल्फ़ बिश्वबिद्यालयकै उत्कृष्ठ बिद्यार्थी मानिएकी छिन त्यसैले पनि उनि बिद्यार्थी काउन्सिलमा भारी मतले बिजय हुन सफल भएकी छिन |
अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्षमा यान तथा सेट्लाइट पठाउने टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्षमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन् |

Share