बरिष्ठ हास्य कलाकार श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डौं,  बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको  स्वाथ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका छन्। सुक्रबार राति छाती दुखेको र अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ |

ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको परिवारिक स्रोतले जनाएको छ।

कलाकार श्रेष्ठ केहि समय अघि संक्रमित भएपनि संक्रमणबाट मुक्त भएर घरमै आराम गरिरहेका भएता पनि अछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएकाले उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्। साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको परिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ। उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताएका छन् । शनिबार  गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका श्रेष्ठलाई आइतबार  डिलक्स रुममा सारिएको र उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

Share