विवेकशीलका नेता उज्ज्वल थापा रहेनन

काठमाण्डौं ,  विवेकशील साझा पार्टीका संथापक  नेता उज्ज्वल थापा जेठ १८ गते  मंगलबार अपरान्ह ४:१५ बजे   निधन भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ आइसके पनि स्वास्थ्यमा सुधार नआएपछी , मेडिसिटी अस्पतालमा ‘एक्मो’ प्रविधिबाट उपचार गर्दागर्दै उनको निधन भएको थियो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । यो प्रविधिमा दैनिक पाँच लाख खर्च लाग्ने स्वास्थ्य बिज्ञहरुको भनाई छ ।

“युवा जोस र जाँगरका साथ “विवेकशील नेता उत्पादन गर्ने’ भन्दै चलाइएको अभियान २०७१ सालमा विवेकशील नेपाली दलका रूपमा आधिकारिक तवरमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।”

 

थापाले विदेश वाट लिएको ज्ञान का आधार मा निशुल्क कम्प्युटर  सिकाई देखि उध्यमशिलता विकास र स्वरोजगार पाठशाला वाट आज हजारौं  ब्यक्ति लाभान्वित भएका छन्। सामाजिक अभियन्ता को फरक प्रस्तुति र वैकल्पिक राजनिती मा पनि उनि  सक्रिय थिए  ।

युवा जोस र जाँगरका साथ “विवेकशील नेता उत्पादन गर्ने’ भन्दै चलाइएको अभियान २०७१ सालमा विवेकशील नेपाली दलका रूपमा आधिकारिक तवरमा निर्वाचन आयोगमा दर्ता भएको थियो । स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई उम्मेदवारका रूपमा अगाडि सारेपछि शहरी जनमत निकै तरंगित भएको थियो ।

स्थानीय चुनावलगत्तै ११ साउन २०७४ मा थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकरण गरेको थियो । एकीकृत पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधिसभामा उम्मेदवार बनेर थापाले ६ हजार ८१३ मत ल्याएका थिए ।

Share