ईनास ग्लोबलले गर्यो प्रथम चरणको सहयोग

आज मई ३१ तारिख ईनास ग्लोबलले सहयोगको प्रथमचरण अन्तर्गत नेपालका केहि स्थानहरुमा स्पाइनल कर्ड इन्जुरी भै शारीरिकरुपमा अशक्त व्यक्तिहरुलाई आज एक महिनाको लागि पुग्ने गरि युरिन ब्याग, स्टुल ब्याग, प्याड, पाइप, ट्वलेट पेपर, क्रिम, ह्याण्ड ग्लब्स, मास्क, स्यानिटाइजर लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

“सेवामुलक कार्यका लागि ग्लोबल सचिवको संयोजकत्वमा ‘कोरोना रिलिफ टास्क फोर्स’ गठन गरेको र उक्त टास्क फोर्स कृयाशील रहेकाले आगामी दिनहरुमा ईनासले भाबि योजनाहरु तयार गरेको जनाइएको छ |”

सेवामूलक भावना, अग्रसरता र प्रतिवद्धताका साथ मातृभूमिका लागि इनासले गक्ष्य अनुसार सहयोग गर्न सकेको र यसरी नै गरिरहने प्रतिबद्धता ईनासले गर्ने जनाएको छ | पहिलो चरण अन्तर्गत आफूले सकेअनुसार निरन्तर अक्सिजन उपलब्ध गराउने, काम बिहिन श्रमिक तथा स्वास्थ्य कमजोर भएकाहरुलाई भोजन गराउने र आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने कार्यमा जुटिएको र सहयोगको दोश्रो चरण अन्तर्गत केहि भेन्टिलेटर उपलब्ध गराउने र सकेसम्म संस्थागत रुपमा खोप उपलब्धतामा सामूहिक समन्वयन तथा पहल गर्ने लक्ष्य लिएको ईनास ग्लोबलका महासचिब मनिष कुमार श्रेष्ठले बताएका छन् | यस सेवामुलक कार्यका लागि ग्लोबल सचिवको संयोजकत्वमा ‘कोरोना रिलिफ टास्क फोर्स’ गठन गरेको र उक्त टास्क फोर्स कृयाशील रहेकाले आगामी दिनहरुमा ईनासले भाबि योजनाहरु तयार गरेको जनाइएको छ |

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यू ए ई ले नेपाल तरुण दल हेटौडा नगर समितिको संयोजनमा हेटौडा अस्पताललाई पिपीई हस्तान्तरण गर्ने कार्यक्रम राखेको समेत ईनासले जनाएको छ |

Share