नेदरल्याण्ड्स विश्वको पाँचौं खुसि र सुखी देशमा सुचिकृत

नेदरल्याण्ड्स,  संयुक्त राष्ट्र संघको वर्ल्ड हप्पीनेस रिपोर्ट २०२१ ले नेदरल्याण्ड्सलाई विश्वको पाँचौं सुखी राष्ट्रमा सुचिकृत गरेको छ | जुन अघिल्लो बर्षको रिपोर्ट भन्दा नेदरल्याण्ड्स एक स्थान माथि छ।

संयुक्त राष्ट्र संघको विश्व खुसि रिपोर्ट २०२१ को एक अनुसन्धानले विश्वका १० खुशी राष्ट्रहरुको सुची सार्बजनिक गरेको छ | गलअप (Gallup)अर्गनाइजेसनले २०१८ मा शुरू भएको तीन बर्षमा गरेको सर्वेक्षणको औसतमा आधारित रिपोर्टले दुई स्तर निर्धारण गरेको छ र अर्को २०२० मा मात्र केन्द्रित रहेको यसले विषयगत कल्याणमा महामारीको प्रभाव बुझ्न र के कस्तो कारणहरूले राम्रोसँग योगदान पुर्याउँछ भन्ने कुरा बुझ्न केन्द्रित रहेको थियो । रिपोर्टले विश्वमा प्राय: प्रति व्यक्ति आय, स्वस्थ जीवनको प्रत्याभूति , सामाजिक समर्थन, स्वतन्त्रता, विश्वास, र उदारताका अनुसार स्थान दिने गरेको छ ।

त्यस्तै कोभिड १९ को प्रभाव र मानिसको जीवनको गुणस्तरको उजागर गर्न, र महामारीको साथ व्यवहार गर्ने सरकारी रणनीतिहरूको मूल्यांकनको अध्ययन गरेको थियो | फिनल्याण्डले महामारीको प्रभावको बाबजुत पनि लगातार चौथो पटक विश्वको सबैभन्दा खुशीको राष्ट्रको रुपमा प्रथम स्थान हासिल गरिरहेको छ। ग्लोबल कोभिड १९ को महामारी जताततै ब्यापक प्रभाव पारेको अवस्था छ भने महामारीले जनजीवनको आकार नै बदलिदिएको छ। अधिकाँस राष्ट्रहरु लकडाउनको अवस्थामा हुँदापनि फिनल्याण्डले हालसम्म अधिकांश देशहरू भन्दा कोरोना भाइरस महामारीको बेला लकडाउन नगरीकन उक्त भाइरस बिरुद्ध लडाई लडिरहेको हुनाले सामान्य अवस्थामा आउन सफल भएको छ |

लचिलो कामको व्यवस्था, डिजिटल सीप, स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्य सेवामा सहयोग,यसको दिगो ऊर्जा योजनाहरू र शिक्षाको कारण नेदरल्याण्ड्स महामारीको प्रभावबाट मुक्त हुन को लागी एक सुसज्जित देश हो, भन्दै डिसेम्बर २०२० मा विश्व आर्थिक फोरमले पूर्वानुमान गरेको थियो ।

पेंडामिकमा रहेको असाधारण वर्षमा जसले जीवन प्रतिबन्धित र जनजीविका तनावग्रस्त देखिएको थियो, नेदरल्याण्ड्सले सार्वजनिक संस्थानहरूको विश्वास, मानसिक स्वास्थ्य र कल्याणकारी, रोजगारी सन्तुष्टि र सामाजिक समर्थन जस्ता उपायहरूमा उच्च स्थान हासिल गरेको छ । लचिलो कामको व्यवस्था, डिजिटल सीप, स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्य सेवामा सहयोग,यसको दिगो ऊर्जा योजनाहरू र शिक्षाको कारण नेदरल्याण्ड्स महामारीको प्रभावबाट मुक्त हुन को लागी एक सुसज्जित देश हो, भन्दै डिसेम्बर २०२० मा विश्व आर्थिक फोरमले पूर्वानुमान गरेको थियो । अहिले नेदरल्याण्ड्स विश्व खुसि राष्ट्रको पाचौं राष्ट्रमा विश्व खुसि रिपोर्ट २०२१ मा परेको छ | नेदरल्याण्ड्स अघिल्लो बर्ष भन्दा यो बर्ष एक स्टेप माथि जान सफल भएको छ |

Share