नेपाल सरकारको हप्तामा एक दिन नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय

काठमाण्डौं, जेठ १३ (मेई २७ तारिख ) बिहीबारका दिन बसेको मन्त्रीपरिषद बैठकले निर्णय गर्दै नेपाल सरकारले (जुन १)जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय हप्ताको एउटा मात्र उडान खुला गरेको हो ।

नेपाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यसैगरि कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

मन्त्रिपरिषदको निर्णयमा दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन र खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने निर्णय गरेको छ ।

 

Share