प्रेस युनियन बेलायतले गर्यो पत्रकार महासंघ बेलायतको निर्वाचनमा पुरस्कार र सम्मान स्थगन गर्न माग

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायत शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२३  मई मा प्रकाशित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको गत ९ मे २०२१ मा बसेको बैठकको म्यान्डेट विपरीत शाखाको पाँचौ अधिवेशन निर्वाचन कार्यक्रम समेत प्रेस युनियन बेलायतको समेत नेतृत्व गरि बेलायत शाखाका महासचिव समेत रहेका महासचिव संजयभक्त कंडेललाई समेत थाहै नदिई प्रकाशित गर्नुले पाँचौ अधिवेशन निष्पक्ष हुनेमा प्रेस युनियन बेलायतले आंशका रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा अगाडी भनिएको छ ” शाखाका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका प्रेस युनियन बेलायत अध्यक्ष विपिन निरौलाको समेत उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा १३ जुनमा भर्चुअल रुपमा अधिवेशन गर्ने र सोही दिन भर्चुअल रुपमै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त सर्वसम्मत निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रति नेपाल प्रेस युनियन गम्भिर आपत्ति प्रकट गर्दछ । विधानमै नभएको र बैठकले “म्यान्डेड “नै नदिएको “पोष्टल भोट” लगायतका निर्णय सहितको निर्वाचन नियमावली जारी गर्नुलाई षडयन्त्र होइन भन्न सकिदैन ।” भन्दै प्रश्न गरिएको छ |

शाखाका सल्लाहकार एवं वरिष्ठ पत्रकार भगीरथ योगी केन्द्रीय प्रतिनिधिका रुपमा नियुक्त भैसक्नु भएको हुदा निर्वाचनका पुर्व प्रकाशित कार्यतालिका तत्काल स्थगित गरि सहमति र सहकार्यबाट बिबाद समाधान गरी अगाडी बढन नेपाल प्रेस युनियन बेलायत आव्हान गर्दछ साथै, वार्ता र छलफलका लागि नेतृत्वदायी भुमिका तथा सहजकर्ताका भुमिका समेत निर्वाह गर्न प्रेस युनियन वेलायत तयार रहेको जानकारी गराउन चाहान्छु प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौला द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि नेपाल बेलायत पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन र नेतृत्व चयनको बेलामा बर्ष पुरस्कार तथा सम्मान जस्ता कार्यले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता कार्यहरु नगर्न र त्यस्ता विवादित पुरस्कार तथा सम्मान ग्रहण नगरि दिन आग्रह गर्दै सम्वन्धित सबै पक्षलाई हार्दिक अनुरोध र सचेत गराउन चाहान्छौ भन्दै बिज्ञप्तिमा भनिएको छ । हालको नरेश खपांगी मगर अध्यक्ष रहेको कार्यसमिति पनि महासंघको केन्द्र, सरोकारवाला संघ संगठनहरु र प्रेस युनियन बेलायतको सहमति तथा सहकार्यमा गठन भएको स्मरण अध्यक्ष निरौलाले स्मरण गराएका छन् ।

आगामी दिनमा पनि त्यस्तै प्रकारको सहमति र सहकार्य गरेर बेलायतस्थित सम्पुर्ण पत्रकारहरुलाई एकजुट बनाई कोरोना महामारीको यस बिषम परिस्थितिमा सामाजिक सद्भाव कायम राखि सामाजिक एकता निर्माण गर्न नेपाल प्रेस युनियन सधै तत्पर रहेको भन्दै  बेलायत शाखाको विवादका बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुलाई पनि यस विज्ञप्ती मार्फत समस्या समाधानका लागि तत्काल पहल गरिदिनु हुन अध्यक्ष निरौलाले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *