नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले नेपाली टोपी हातमा लिएर गरे नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

 नेदरल्यान्ड्स,   अहिलेको विषम परिस्थितिमा नेपाल लगायत अन्य विभिन्न बिकासोन्मुख राष्ट्रहरुमा कोरोना भाईरसको महामारीलाई रोकथाम गर्न नेदरल्यान्ड्सले राष्ट्रिय स्तरको चन्दा संकलन अभियान थालनी गरेको छ । नेदरल्यान्ड्समा स्थापित एघार वटा वैदेशिक सहयोग संस्था (Foreign Aid Organizations) हरुको सहकार्यमा संचालित अभियानको संयोजकत्व GIRO ५५५ नामक संस्थाले गरेको छ । GIRO ५५५ ले २०१५ सालको बिनासकारी भुकम्प पश्च्यात पनि राष्ट्रिय स्तरको चन्दा संकलन अभियान गरि नेपालको लागि दुई करोड युरो भन्दा बढि जम्मा गर्न सफल भएको थियो । कोविड-१९ चन्दा संकलन अभियानलाई पनि नेदरल्यान्ड्स सरकारको पूर्ण समर्थन रहेको प्रधानमन्त्री मार्क रुट्टले बताएका थिए । कार्यक्रममा उपस्थित ब्यापार तथा सहयोग मन्त्री सिग्रिड काख (Sigrid Kaag) ले नेदरल्यान्ड्स सरकारको तर्फबाट नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

त्यस्तै गरि लेवर पार्टी कि नेत्री लिलिआन प्लुमन (Lilianne Ploumen) र सोसिअलिस्ट पार्टी कि नेत्री लिलिअन मराइनिस (Lilianne Marijnissen) ले पनि नेपाललाई सहयोग गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्तव्य ब्याक्त गरेका थिए । उपस्थित अन्य संसदहरुले पनि कोविड १९ अन्तरराष्ट्रिय समस्या भएकाले बिकासोन्मुख मुलुकहरुको समस्यालाई नजिकबाट नियालेर हेरिरहेको र छिट्टै समाधान खोजिनु पर्ने कुरामा जोड दिएका थिए । नेपाल लगायत अन्य विभिन्न मुलुकहरुलाई पनि खोप, भेन्टिलेटर र अन्य स्वास्थ सामाग्रीहरु छिट्टै उपलब्ध गराउन युरोपियन युनियन र संयुक्त  राष्ट्रसंघमा समेत लबी गर्नु पर्ने आवश्यकता महसुस गर्दै समाधानको लागि कदम चाल्ने प्रसँगमा बिशेष छलफल भएको थियो ।

नेपाली समुदाय र गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको प्रतिनिधित्व गर्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक शशी पौड्याल र महासचिव संघर्षशिल के.सी. ले हाल नेपालको गम्भिर परिस्थितीलाई सामना गर्न नेपाल एक्लै ले नसक्ने हुँदा नेदरल्यान्ड्स सरकारको सहयोग अपरिहार्य भएको सहभागिताको क्रममा मन्तब्य राख्दै अहिलेको नेपालको अवस्थाका बारेमा   प्रकाश पारेका थिए ।

संघका सस्थापक अध्यक्षले प्रधानमन्त्री, मन्त्री र राजनीतिकदलका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गर्दै दुई राष्ट्र बिचको ऐतिहासिक मैत्री सम्बन्धले पनि नेपाल संकटमा पर्दा नेदरल्यान्ड्सले नेपालले कोल्टो नफेर्केको र सधैं हातेमालो गर्नुपरेको तितो ययार्थता झल्काउदै आफ्ना भनाईहरु सहभागीहरु समक्ष राख्दै यस विकराल अवस्थामा पनि नेदरल्यान्ड्स सरकारले नेपाललाई पूर्ण सहयोग गर्ने छ भन्नेमा बिश्वस्थ रहेको भन्दै नेपालको बर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री मर्क रुट्ट (Mark Rutte) ले नेपाली राष्ट्रिय पोशाक “टोपी’ दुई हातले समाउदै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त कार्यक्रममा डच मिडियाहरुको समेत उपस्थिती रहेकाले महासचिव र प्रमुक्ष संरक्षकले मिडिया र प्रेसलाई नेपालको बर्तमान अवस्थाको बारेमा जानकारी सहित अन्तरवार्ता दिएका थिए ।

GIRO ५५५ मा सहभागि संघसंस्थाहरुले राष्ट्रिय चन्दा संकलन अभियानबाट उठेको रकम मध्यबाट नेपाललाई बिशेष सहयोग गरि पीडित वर्गलाई खोप, भेन्टिलेटर वा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जानकारी गरेका थिए । कोविड-१९ चन्दा संकलन अभियान सफल बनाउन गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्स र नेपाल बिकास प्रतिष्ठानले पनि सहकार्य गरेका छन भने नेदरल्यान्ड्स स्थित १०० भन्दा बढि डच संथाहरुले नेपाललाई सहयोग गर्ने GIRO ५५५ लाई समर्थन रहेको छ ।

Share