एनआरएनए नेदरल्याड्सको पंजीकृत सदस्य जुन ५ तारिख भित्र बन्न आग्रह, सदस्य बन्नाका फाइदा केके छन ?

गैरआवासिय नेपाली संघले प्रवासमा दुई वर्ष भन्दा बढि बसोबास गर्ने गैरआवासिय नेपालीहरुको साझा संस्थाको रुपमा २००३ देखि प्रतिनिधित्व गर्दै आएको सबैमा सर्बबिदितै छ । विद्यार्थी वा कुटनितिक बिभागमा काम गर्नेहरु बाहेकका र सार्क राष्ट्र भन्दा बाहिरका गैरआवासिय नेपालीहरुले संघको पंजीकृत सदस्यता लिन सक्ने छन । तपाईं नेपाली हुनुहुन्छ र नेदरल्याड्समा दुई वर्ष भन्दा बढि विद्यार्थी वा कुटनितीज्ञ नभै विताउनु भएको छ भने तपाईंले गैरआवासिय नेपाली संघ नेदरल्याड्सको पंजिक्रित सदस्यता लिन सक्नु हुनेछ ।एन आर एन नेदरल्याड्सको कार्यसमितिको बैठकले सदस्यता शुल्क २० युरो प्रती ब्याक्ति निर्धारित गरेको छ । गैरआवासिय नेपाली संघ नेदरल्याड्सको सदस्यता आगामी 0५ जुन २०२१ सम्मलाई मात्र खुलेको हुँदा समयमा नै सदस्यता लिनु हुन अनुरोध गरिएको छ |

सदस्यता लिनको लागि निम्न लिखित कागजातको जरुरी पर्दछ । यी कागजातहरुको फोटो खिची आफ्नो टेलिफोनमा अगाडि नै सेभ गर्नु भयो भने सजिलो हुन्छ किनकी फारम भर्दै जाँदा यी डोकुमेन्टहरु मागिन्छन र डाउन्लोड गर्नु पर्ने हुन्छ: तपाईंको परिचय -कार्डको दुबै पट्टिको फोटो, एनआरएनए-नेदरल्याड्सको बैंक खातामा २० युरो सदस्यता शुल्क तिरेको प्रमाण स्क्रीन शट गरेको फोटो र आफ्नो पासपोर्ट साइजको फोटो चाहिने हुँदा फारम भर्दै जाँदा एउटा सेल्फी पनि बनाउनु पर्ने हुन्छ । तपाईंको विवरण र परिचय कार्ड पूर्ण रुपमा सुरक्षित रहने सिस्टम भएकाले र सुरक्षाको ग्यारेन्टी एनआरएनए लिएकोले दुरुपायोग हुने सम्भावनालाई न्युन गरिएको छ । रकम जम्मा गर्नका लागि एन आर एनएन नेदरल्यान्ड्सको खाता उपलब्ध गराइएको छ | सदस्य बन्नका लागि  “Smart NRNA app” डाउन्लोड गरेर सदस्य  बन्न सकिने र सदस्य कसरि बन्ने भन्ने कुरालाई यो  https://www.youtube.com/watch?v=t4Qrhk4Tb0g  लिंकको भिडियो ले स्पस्ट पर्ने  एन आर एन नेदरल्यान्ड्सका संथापकअध्यक्ष तथा प्रमुख संरक्षक शशी पौडेलले बताएका छन् ।

एनआरएनए-नेदरल्याण्डको बैंक खाता:

NL95 ABNA 0455518513, NRN The Netherlands

आखिर फाइदा के के छन् ?

१. तपाईं नेदरल्याड्समा बसोबास गर्ने गैरआवासिय नेपाली हुनुहुन्छ भन्ने प्रमाण एनआरएनए-नेदरल्याड्सको सदस्यता कार्ड लाई पनि मान्न सक्नु हुन्छ र एनआरएनए सदस्यता कार्ड गैरआवासिय नेपालीको पहिचान पनि हो ।

२. गैरआवासिय नेपाली संघ नेदरल्याड्सले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउने सबै प्रकारका सुबिधाहरु तपाईंले पनि पाउन सक्नु हुनेछ ।

३. पंजिक्रित सदस्यले गैरआवासिय नेपाली संघ नेदरल्याड्सको कार्यसमितिको कुनै पदमा उमेदवारीता दिन सक्नेछ र आसन्न अधिवेशनबाट निर्वाचित भएमा कार्यसमितीमा बसि काम गर्ने अवसर मिल्ने छ ।

४. कार्यसमितिमा बसेर काम गर्दा संथागत अनुभव, नेत्रित्वको बिकास र नेटवर्क बिस्तार गर्ने मौका मिल्ने छ ।

५. एनआरएनएको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिनको लागि प्रतिनिधि बन्न सक्नु हुनेछ र सम्मेलनमा भाग लिन सक्नु हुनेछ । साथै केन्द्रिय पदहरुमा पनि उम्मेदवारी दिन सक्नु हुनेछ ।

६. नेपाल सरकारले गैरआवासिय नेपालीलाई उपलब्ध गराउने गैरआवासिय नागरिकता वा एनआरएन परिचय कार्डको लागि दिइने आवेदनमा एनआरएनए-नेदरल्याड्सको सदस्यता कार्ड समावेश गर्न सक्नु हुनेछ ।

७. एनआरएनए केन्द्र र नेपाल सरकारले गैरआवासिय नेपालीहरुलाई उपलब्ध गराउने सबै खाले सुबिधाहरु तपाईंले पनि पाउन सक्नु हुनेछ ।

Share