उपेन्द्र महतोको अध्यक्षतामा एनआरएनएको नेपाल डेभलपमेन्ट फण्ड स्थापना, गैर आवासीय नेपालीहरुको ८५ प्रतिशत लगानी हुने |

काठमाण्डौ, पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदले संथापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई सहित रहने गरि नेपाल डेभलभमेन्ट फण्ड स्थापना गरेको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फण्ड स्थापना गरिएको हो । २०७७ चैत्र ३० मा एनआरएन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भएको हो । प्रारम्भिक चरणमा १० अर्ब अधिकृत पूँजी राखेर दर्ता गरिएको यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ भने बाँकी ८५ प्रतिशत लगानी बिदेशमा रहेका नेपालीहरुको रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा अप्रिल १९ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् ।

उपेन्द्र महतो

गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत हुने मन्त्रि पौडेलले धारणा राखेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको र यसबाट पनि रोजगारी सिर्जना भइरहेको जानकारी गराउदै केही समयअघि पनि संघले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका बताए । “हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोजेको हुनाले त्यही मागलाई पूरा गर्न यो कोष आएको छ” पन्तको भनाइ थियो । फन्डका अध्यक्ष डा उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने हुनाले विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने भएकाले रोजगारीका अवसरहरु प्रयाप्त सृजना हुने धारणा राखेका थिए । नेपालको आर्थिक बिकाशका आयोजना पहिचान गर्नका निम्ति यस्ता फण्ड सहयोगी हुने बिचार अर्थ सचिब शिशिर ढुंगाना र कार्यकारी अधिकृत अनलराज भट्टराईले राखेका थिए |

अनलराज भट्टराई

बैठकले एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडको विशेष साधारण सभा मिति २०७८, वैशाख २९ गते आयोजना गर्ने निर्णय समेत गरेको छ । सो सभाबाट कम्पनीको पूँजी वृद्धि गर्ने एजेण्डा समेत तय गरिएको छ ।

लाप्राक बस्ति हस्तान्तरण बारे जानकारी गराउदै विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो । सम्पूर्ण प्रक्रिया पूरा गरेर विसं २०७८ वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरिने जानकारी गराइएको थियो । बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर. ४ र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको पत्रकार सम्मेलनमा जनाइएको थियो । ५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति अन्तरास्ट्रिय समन्वय परिषदले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको थियो ।

सन् २०२१ जनवरी २३ र २४ तारिखमा सम्पन्न भएको संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित गरिएको संशोधित विधान परराष्ट्र मन्त्रलायले प्रमाणिकरण गरेको समेत जानकारी गराइएको थियो |

Share