मगर समाज नेदरल्याण्ड्सले “Amsterdam माघे सङ्क्रान्ति २०२६” मनाउने ।

नेदरल्याण्ड्स ।

मगर समाज नेदरल्याण्ड्सले प्रत्येक बर्ष माघ महिनाको पहिलो दिन माघ १ गते नेपालको एक प्रमुख चाडको रुपमा मनाइने माघे सङ्क्रान्ति,मकर सङ्क्रान्ति तथा माघी यही जनावरी १९ तारीख सोमबारका दिन राजधानी आम्स्टरडाममा भब्य रुपमा मनाउने भएको छ।

बिगत बर्ष झैँ यस बर्ष पनि एकता,मित्रता,आपसी सहयोग,सद्भाव आदान प्रदान गर्ने उदेश्यले मगर समाज नेदरल्याण्ड्सले ख्यातिप्राप्त कलाकारहरुको साथ् धुमधामले माघे संग्रान्ति पर्व मनाउन लागेको हो।

ख्यातिप्राप्त लोक दोहोरी गायिका ज्योति मगरको साथमा स्थानीय कलाकारहरुको बेजोड़ प्रस्तुति रहने हुँदा भरपुर मनोरञ्जन सहित पर्व मनाईने हुँदा नेदरल्याण्ड्स लगाएत युरोपभरि रहनुहुने नेपालीहरुमा निमन्त्रणा गरि सकिएको समाजका अध्यक्ष नेत्र रानाले जानकारी गराएका छन् ।

नेपाल लगाएत प्रवासमा मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेकोले माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। यो पर्वले समुदायमा एकता,मित्रता,आपसी सहयोग,सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेलेको छ।

समाजका महासचिव मिन थापा मगरले यहि जनावरी १९ तारिख सोमबारका दिन कार्यक्रम स्थलकों ढोका १६:०० बजे खुल्ला हुने र कार्यक्रमको सुरुवात भने १७:०० बजे देखि हुने हुँदा समयमै उपश्थित हुन अनुरोध गर्दै कार्यक्रममा १० बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई प्रवेश निःशुल्क र १० बर्ष भन्दा माथिका सबैलाई २५ युरो प्रवेश शुल्क लाग्ने जानकारी गराएका छन ।

समाजका अनुसार निम्न स्थान De Koning Party & Events, Isolatorweg 29,1014 AS, Amsterdam मा कार्यक्रम हुने जनाइएको छ ।

 

Share