स्याङ्गजा सहयोग समाज,नेदरल्याण्ड्सको तेस्रो अधिवेशन १२ अप्रिल २०२६ मा हुने ।

नेदरल्याण्ड्स ।

स्याङ्गजा सहयोग समाज नेदरल्याण्ड्सले आफ्नो तेस्रो अधिवेशन आगामी १२ अप्रिल २०६२ (आइतबार) आयोजना गर्ने भएको छ। समाजको आगामी कार्यदिशा,नेतृत्व चयन तथा संस्थागत संरचनामा आवश्यक परिमार्जन गर्ने उद्देश्य सहित अधिवेशन आह्वान गरिएको समाजले जनाएको  हो।

२०२५ नोभेम्बर २३ मा अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा बसेको समाजको बैठकले यो निर्णय गरेको समितिका अध्यक्ष पौडेलले जानकारी गराएका छन । बैठकले अधिवेशनलाई व्यवस्थित,पारदर्शी र सहभागीपूर्ण बनाउने उद्देश्यका साथ विस्तृत तयारी समिति र उपसमितिहरू गठन गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी गराएका छन ।

जस अनुसार निर्वाचन समितिको संयोजकमा केशब राज पाण्डे,व्यवस्थापन समितिको संयोजकमा युवराज पौडेल,विधान समितिको संयोजकमा राजेन्द्र शर्मा र आर्थिक समितिको संयोजकमा भेषराज काफ्लेलाई बैठकले चयन गरेको अध्यक्ष पौडेलले जानकारी गराएका छन । बैठकले अधिवेशनको सम्पूर्ण तयारी,स्थान छनोट,बजेट व्यवस्था,सदस्यता अद्यावधिक,विधान संशोधन,प्रतिवेदन प्रस्तुतिकरण तथा निर्वाचन प्रक्रिया नियमित ढङ्गले अघि बढाइने निर्णय गरेको छ।

अधिवेशनको कार्यक्रम स्थल,समय,विस्तृत कार्यसूची (एजेण्डा),सदस्यता मापदण्ड,निर्वाचनका मितिहरू लगायतका जानकारी समाजले चाँडै अर्को सूचनामार्फत सार्वजनिक गर्ने जनाईएको छ।

अधिवेशनले नेदरल्याण्ड्समा रहेका स्याङ्गजाली तथा नेपाली समुदायलाई थप एकताबद्ध बनाउने र विदेशमा रहेर पनि स्याङ्गजाली समुदाय र अन्य समूदाय प्रति पहिचान,सम्बन्ध र जिम्मेवारीको भावना बलियो बनाउने आपसी सहयोग र सहकार्यका कार्यक्रम विस्तार गर्न र सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउने दिशामा कोशे ढुंगा सावित हुने अपेक्षा व्यक्त गरिएको छ।

Share