साझा नेपाली समाज युकेमा नयां नेतृत्व चयन को प्रर्किया शुरु,समाजलाई लोकप्रिय बनाए युवा अध्यक्ष सापकोटाले ।

बेलायत ।

बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरुको संयुक्त र नेतृत्वदायी समाज साझा नेपाली समाजको आठौं अधिबेशन यहि नोभेम्बर ३ गते वेस्ट मिडल्याण्डको उल्भरहाम्टनमा हुँदैछ। बेलायतका नेपालीहरुको ठुलो समाजिक संस्था साझा नेपाली समाजको आठौं अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माका अनुसार १० अक्टोबर मा दर्ता गरिएको मनोनयन अत्यन्त उल्लास जनक रुपबाट सम्पन्न भएको हो ।

संयोजक शर्माका अनुसार  समाज अब मिडल्याण्डवाली नेपालीहरु सबैको प्यारो बनेको प्रस्ट देखिएको छ। निर्वाचन समितिले पाएको मनोनयन लाई हेर्दा बिधानले ब्यबस्था गरेका केही पदेन पद बाहेक का सबै पदमा मनोनयन दर्ता भएको छ। बितेका दिनहरुमा म आफैले नेतृत्व गरेको यो समाजको लोकप्रियता अहिले मिडल्याण्ड भरी फैलिएको र आफुले गर्व र हर्षको महुशुस गरेको बताए।

कार्यसमितिका अध्यक्ष दिपक सापकोटाका अनुसार यदि समाजमा हामी र हाम्रो भन्ने भावना फैलाउने हो भने समाज लोकप्रिय हुन लामो समय नलाग्ने रहेछ भन्ने आफुले अनुभव गरेको बताए।कार्यसमितिको अघ्यक्षको रुपमा काम गर्ने क्रममा राजनैतिक दृष्टिकोणको आधारमा कहि कसैलाई भेदभाव नगरेको र समाजको स्वार्थलाई हेरी निर्णय गरेको कारण समाज यो अबस्थामा आएको बताए।

त्यसै गरी समाजका महासचिव शशांक शर्माका अनुसार अध्यक्ष दिपक सापकोटा उमेरले युवा भएपनि बिभीन्न संघ संस्थाको नेतृत्व गरी अनुभव बटुली यो समाजको नेतृत्व लिनुभएको र कार्यसमितिका अन्य पदाधिकारीहरु पनि अनुभवि र नेतृत्व क्षमता युक्त भएकाले समाजले एकता,भाईचारा र समाजिक सहयोग बढाउन सफल भएको छ। सबैका कुरा सुन्ने,बिचारको आधारमा निर्णय नगर्ने र कार्यक्षेमताको आधारमा जिम्मेवारी प्रदान गर्ने अध्यक्षज्युको स्वभावले कार्यसमितिमा जिम्मेवारी दिन सहज हुने र जिम्मेवारी प्राप्त गरेकाले कार्य पुरा नगरे अर्को जिम्मेवारी नदिने कारणले नै दुई बर्षको छोटो कार्यकालमा सबैले जिम्मेवारी पाएको र समाजले सबैलाई जोडन सफल भएको बताए।

साझा नेपाली समाजको यो आठौं अधिबेशन अभुतपुर्व एकताको हुने,बेलायत भरका सामाजिक अभियन्ताहरुलाई अतिथिको रुपमा बोलाउने,नेपाली कला र सॅस्कृतिको प्रदर्शन र प्रचार गर्ने, समाजमा काम गरेको रेकर्ड बनाउने मानसिकताले फडको मारी जिम्मेवारी लिन खोज्ने लाई दुरुत्साहित गर्ने,एक ब्यर्क्ति एक पद,एकता भाईचारा र सामाजिक सहयोग यो आठौं अधिबेशनको लक्ष्य हुने महासचिव शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *