म्यानचेष्टर नेपाली समाज, म्यानचेष्टरले “दशै तिहार सेलिब्रेशन २०२५”आयोजना गर्दै ।

बेलायत ।

यहि अक्टोबर १९ तारीख आइतबारका दिन म्यानचेष्टर नेपाली समाज, म्यानचेष्टरले “दशै तिहार सेलिब्रेशन २०२५”आयोजना गर्दै भब्य कार्यक्रम गर्ने भएको छ ।

नेपाली भाषा कला,संस्कृतिको सम्मान गर्दै महान चाड छठ,नेपाल सम्बत, ईद,लोह्सार लगायतका बिभिन्न पर्वहरुलाई समेट्दै भब्य कार्यक्रम गर्न लागिएको समाजका सचिव दिपक रेग्मीले जानकारी गराएका छन । यस भब्य कार्यक्रममा ख्यातिप्राप्त कलाकार कोमल ओली सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने हुँदा बेलायतमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबैनी तथा दाजुभाईहरुलाई दशैतिहारको शुभकामना आदानप्रदान गर्दै देउसी र भैलो खेल्दै महान चाड मनाउन सहभागी भैदिनुहुन समाजका अध्यक्ष डा.दामोदर खनालले आग्रह गरेका छन । डा. खनालका अनुसार कार्यक्रम मार्फत देउसी र भैलो बाट संकलित भएको रकम संस्थाको तर्फबाट नेपालमा पुनर्निर्माणका लागि नेपाल पठाउने जानकारी गराएका छन ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन राफल चिठ्ठाको आयोजना गरिएको र सहभागीहरूका लागि मिष्ठान्न भोजन डिनरको समेत ब्यवस्था गरिएको समाजका सचिव दिपक रेग्मीले जानकारी गराएका छन ।

Share