बेलायत ।
बेलायतको मिडल्याण्ड स्थित नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजको आठौ अधिबेशन यहि नोभेम्बर ३ गते सोमबारको दिन हुने भएको छ। युवा अध्यक्ष दिपक सापकोटाको नेतृत्व मा रहेको कार्यसमिति को २२औ बैठकले यो निर्णय गरेको हो। सामान्यतया बिदेश स्थित सामाजिक संघ संस्थाहरुले बर्षका ३ कार्यक्रमहरु गर्ने गर्दछन।नयॅा बर्षको कार्यक्रम,हरितालिका तिजको कार्यक्रम र दशै तिहारको कार्यक्रम बिधानत २ बर्षको कार्यकालमा यिनै ६ वटा कार्यक्रम गरि आफ्नो रेकर्ड बनाउने दौडमा रहेका सामाजिक अभियन्ताहरु र समाज को गठन गर्नु भनेको यिनै ३ कार्यक्रम गर्नको लागी हो भन्ने बुझेका समाजका सदस्यहरु लाई यो कार्यसमितिले केही थप कुरा सिकाएको छ। यो कार्यसमितिले यि मध्यका कुनै पनि कार्यक्रम नगरी अन्य १६ बटा कामहरु सम्पन्न गरेको छ।
साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार कार्यसमितिमा बिभिन्न संघ संस्थाहरुको नेतुत्व गरी अनुभव बटुलेका पदाधिकाहरु रहेकोले यो सम्भव भएको हो। संसार जित्नको लागी बिनयशिल र बिचारको कदर गर्न सक्नु पर्दछ। हाम्रो कार्यसमितिमा पनी सबै पदाधिकारीहरु यस्तै भएकोले असहयोग कहि कतै बाट भएन जसको कारण यो २ बर्षमा एकता,भाईचार,सामाजिक सहयोग र नेपाली संस्कृति संरक्षण गर्ने १६ वटा कार्यक्रमहरु गर्न सफल भयौ। शर्माका अनुसार साझा नेपाली समाजको २३-२५ को कार्यसमितिले निम्न कार्यहरु सम्पन्न गरेको छ।
१) २०१९ बाट मिडल्याण्डको नेपाली समुदायबाट कम्तिमा १ राष्ट्रिय खेलाडी बनाउने उद्धेष्यको साथ शुरु गरिएको मिडलैन्ड क्रिकेट लिगको समापन खेलाडीहरुको मनोबल उच्च बनाउने गरी गरियो। पुरस्कारको लागी आर्थिक संकलन गरी नेपाल क्रिकेटका पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रमुख अतिथी बनाई पुरस्कार बितरण गरि समापन गरियो।
२) २०१२ सालमा स्थापना गरिएको साझा नेपाली समाजको कार्यसमितिमा बसेर कसकसले काम गरे र तिनीहरुको भुमिका के थियो भन्ने जानकारी मिडल्याण्डवासी नेपालीहरुलाई मात्र नभई बिभिन्न चरणमा कार्यसमितिको नेतृत्व गर्ने अध्यक्षहरुलाई समेत थाहा नभएको अवस्था लाई मध्यनजर गरी ति पदाधिकारीहरुलाई चिन्ने र चिनाउने काम गरियो।सामाजिक संघ संस्थाहरु सासन गर्न नभै सेवाको लागी गठन भएका हुन्छन।सेवामुलक यस्ता समाजहरुमा आफ्ना पुर्व कार्यक्रताहरु लाई सम्झन थालिएन भने ति संस्थाहरुले सोचेको उपलब्धि प्राप्त गर्न सक्दैनन। यि कुरालाई मध्यनजर गरी साझाका पुर्व पदाधिकारीहरुको खोजी गर्ने ,सम्मान गर्ने र बिचार सुन्ने उद्धेष्यले मिट एन्ड ग्रिट कार्यक्रम गरियो। बेलायत को ब्यस्त पारिवारिक,ब्यबसायि र जिबिकोपार्जनको समयलाई कॅाधमा लिई आफ्ना पतिदेवहरुलाई सामाजिक काममा पठाउने सबै पदाधिकारीहरुका श्रीमतीहरुलाई बोलाउने र आएकालाई सम्मान गर्ने काम गरियो।
३) संस्थाहरुको पनी संस्था गैरआवासिय नेपालीहरुको एकमात्र साझा संस्था गैरआवासिय नेपाली संघ बेलायतको चुनावमा मिडल्याण्डका उम्मेदवारहरुको प्रचारप्रसार गर्ने काम गरियो। २-२ बर्षमा हुने गैरआवासिय नेपाली संघ बेलायतको प्रत्यक निर्वाचनमा मिडल्याण्डको तर्फबाट पठाईने उम्मेदबार छनौटको बिषयमा मिडल्याण्डवासी नेपालीहरुको विच मनमुटाव हुने,एकता खलवल हुनेगरेको कुरालाई मध्यनजर गरि साझा नेपाली समाजले उम्मेदवार नतोक्ने तर साझा नेपाली समाजको कुनै पनी सदस्य निर्वाचनमा खडा हुन्छ भने यो र त्यो नभनी सबैलाई सहयोग गर्ने एैतिहासिक निर्णय गरियो।यो निर्णयले गैरआवासिय नेपाली संघ बेलायतको २३-२५ को निर्वाचनमा मिडल्याण्डको नेपाली समुदायमा मनमुटाव हुन र एकता बिग्रन गएन जसको कारण मिडल्याण्डको तर्फबाट खडा भएका सबै उम्मेदवारहरु बिजयी हुन गए।कार्यसमितिको तर्फबाट मत लिन लगाई सतप्रतिसतले यो र त्यो मेरो र तेरो नभनी मिडल्याण्डको उम्मेदवार हाम्रो उम्मेदवार र हाम्रो कर्तब्य भन्ने पंक्षमा एैतिहासिक धारणा दिनुभयो र त्यसै गरियो।
४) साझा नेपाली समाजले नेपाली कला र सस्कृतीको बेलायतमा प्रचार प्रचार र संरक्षण गर्ने क्रममा बिभीन्न कार्यक्रमहरु ल्याउदै आएकोछ। भेटघाट हुन,आत्मियता गास्न,मनोरन्जन गर्न दशै तिहार तिज र नयॅा बर्षलाई पर्खनु पर्ने अबस्थालाई पुर्णरुपबाट परिवर्तन गर्ने प्रयास गरेकोछ। उल्लेखित चॅाडबाडहरुमा स्थानिय सबै समाजले कार्यक्रम गर्ने र त्यही समयमा साझाले गर्ने कार्यक्रमहरुमा जनसहभागिता न्युनहुने कुरालाई मध्यनजर गरी नयॅा कार्यक्रमहरु ल्याउन प्रयास गरिएको हो। २१-२३ को कार्यसमितिले गरेको मिडलैन्ड नेपाली मेला लगायत यो कार्यसमितिले गरेका सबै कार्यक्रमहरु यसका उदाहरण हुन।संस्थाको आर्थिक स्रोत अनेक गुर्प बनाई उठाउने,पैसाको लागी गुर्प बनाई सदस्यहरुलाई नैतिक र सामाजिक दबाब दिने र संस्थाको बैक खाता प्रयोग नगरी ब्यतिगत खाताको प्रयोग गर्ने प्रथालाई कार्यसमितिले पुर्णरुपबाट खारेज गर्दे कार्यक्रमहरु बाटनै खर्चको न्युनिकरण गरी आर्थिक संकलन गर्ने पद्धप्तिको बिकास गरियो।
५) बेलायत भ्रमणमा रहनुभएका महानायक राजेश हमाल लाई मिडल्याण्डमा बोलाई महानायक सॅाझको आयोजना गरियो।यो कार्यक्रमबाट माहानायकलाई सामाजिक संन्जालमा फलो गर्नेहरु मार्फत साझा नेपाली समाजलाई नेपाल लगायत गैरआवासिय नेपालीहरु मॅाझ चिनाउने काम गरियो।यो कार्यक्रमको समाचार नेपाल का टेलिभिजन मार्फत प्रसारण गर्न लगाई साझा नेपाली समाजको नाम नेपालका उच्चपदस्थ कर्मचारी र नेताज्युहरु समक्ष पुराउने काम भयो।यो कार्यक्रमबाट संस्थाको कोष बढाउने काम गरियो।
६) नेपालमा गॅास बॅास र कपास नभएका सडक आश्रित मानिसहरुको उद्धार गर्दे आएको मानव सेवा आश्रमको आमा सेमिनार गरियो।मानव सेवा आश्रमका संचालक रामजी अधिकारी लाई बोलाई मानव सेवा आश्रमको बारेमा जान्ने र जानकारी गराउने काम गरियो।यो सेमिनारबाट करिब १३ लाख नेपाली रुपया मानब सेवा आश्रम लाई जुटाई साझा नेपाली समाजको नाम उच्च बनाउने काम गरियो।
७) मातृभूमिमा भएगरेका मानविय र प्राकृतिक बिषयहरुलाई साझा नेपाली समाजले चासो लिनेमात्र नभई आर्थिक र नैतिक सहयोग गर्दे आएकोछ। हाम्रा सदस्यहरु लगायत मातृभूमिका कुनै पनी क्रियाकलापहरु हाम्रा भाईचाराका बिषय हुने गर्दछन। यहि दायित्व निभाउने क्रममा प्रधानमन्त्री पत्नी सिता दाहाल,संबिधान सभाका अध्यक्ष सुबास नेम्वांग र बागमति प्रदेशका पुर्व भुमिसुधार मन्त्री बलराम पौडेलको दुखद निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न काम गरियो। साथै उल्भरहाम्टन,ग्रान्थाम र पिटरव्रोमा भएको साझा नेपाली समाजका सदस्यहरुको दुखद निधनमा अध्यक्ष महासचिव र अन्य पदाधिकारीहरु भौतिकरुपमै उपस्थित भै दुखमा एक्यबद्दता जनाउने काम गरियो।
८) 2023 मा लगातार बर्षाको कारण ईग्लैन्डको धेरै क्षेत्रहरु बॅाढको जपेटामा पर्न गए।साझा नेपाली समाजको कार्यक्षेत्र रहेको मिडल्याण्डका नेपाली बस्ती रहेका धेरै ठॅाऊहरु जलमग्न भएका थिए।प्राकृतिक बिपत्तिको यो समयमा साझा नेपाली समाजको तर्फबाट यदि हाम्रा दाजुभाईहरु प्राकृतिक बिपत्तिको चपेटामा पर्नुभएको छ भने साझा नेपाली समाजलाई खबर गर्नुहोला समाजले सक्दो सहयोग गर्नेछ भन्ने सुचना निकाल्ने काम गरियो । यो कार्यले हाम्रा सदस्यहरुलाई प्राकृतिक आपदबिपदमा हामी एक्लै छैनौ हाम्रो पछाडी साझा नेपाली समाज छ है भन्ने ढाडस दिने काम गरियो।दुखद खबर कसैबाट आएन।चार पॅाच करेसाबारीमा पानी पसेको र हाबाहुरीले बगैचाको फेन्स उडाएको तर समाजको सहयोग जरुरत नपरेको जानकारी गराउनु भएको थियो।
९) नेपाली कला र शस्कृतिको प्रचार प्रसार संरक्षण र हाम्रो दोस्रो पुस्तालाई सिकाउने,स्थानिय सास्कृतिक कलाकारहरुको पहिचान गर्ने र मिडल्याण्डवासी मात्र नभई पुरै बेलायतवासी नेपालीहरुको एकता,भाईचारा र सामाजिक सहयोगलाई बलियो बनांउने उद्धेष्यले धार्मिक कार्यक्रम मिडलैन्ड भजनकृतन महोत्सव २०२४ को आयोजना गरियो।बेलायतको नेपाली समुदाय ,धार्मिक मठ मन्दिरका संयोजक,धर्मगुरुहरु लगायत युरोपका बिभीन्न देशमा रहेका गैरआवासिय नेपाली संघहरुलाई भजन महोत्सवमा भजनमन्डली सहितको सहभागिताको लागी निमन्त्रणा गरियो र भजन महोत्सवलाई भब्यताको साथ सम्पन्न गरियो।प्रमुख अतिथी डा चिन्तामणी नाथ योगीले उदघाटन गरेको महोत्सवमा समाजको खातामा राम्रो धनरासी जोडन सफल भयौ भने सबै तर्फबाट साझा नेपाली समाजलाई बधाईको पात्र बनाउने काम गरियो।गैरआवासिय नेपाली संघ गठन भएका युरोपका सबै देशहरुबाट सहभागिता जनाउन नसकेपनी शुभकामना शंन्देशहरु ब्यक्तिको नाममा नभई समाजको नाममा प्राप्त गरियो।
१०) बेलायत भ्रमणमा आएकी राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा मार्फत गैरआवासिय नेपालीहरुको चाहना नेपाली नागरिकता निरन्तरताको माग गर्दे साझा नेपाली समाजको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र पठाउने काम गरियो। ११-गत बर्ष नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भुकम्पमा जाजरकोटवासीहरुको धन जनको क्षेती हुन गयो।प्राकृतिक प्रकोपमा साझा नेपाली समाजले सक्दो सहयोग गर्ने बचन भुकम्प गए लगतै गरेको थियो। भुकम्प प्रभावित जिल्ला जाजरकोटमा भत्केका कुनै एक भौतिक संरचनाको पुननिर्माणमा सहयेग पुराउने उद्धेष्यले २७ मे २०२४ मा च्यारिटि सॅाझको आयोजना गरियो।जसबाट करिब ६ लॅाख नेपाली रुपया संकलन गरियो।
१२)साझा नेपाली समाजले वाचन शिरोमणी पंण्डित दिन बन्धु पोखरेलको धार्मिक प्रवचनको संयोजन सेप्टेम्बर २ २०२४ मा नटिङगहमको कालटर्न रोड स्थित हिन्दु मन्दिरमा गरियो र बैदिक संस्कृति र हिन्दु धर्मको बारेमा भक्तजन लगायत बेलायतवासी नेपालीहरुलाई जानकारी गराउने काम गरियो।
१३) नोभेम्बर ११ २०२४ मा जाजरकोटमा भुकम्पको कारण भत्केका संरचनाहरुको पुननिर्माणमा सहयोग गर्ने कार्यसमितिको निर्णय अनुसार दोस्रो च्यारिटि सॅाझको आयोजना गरियो।जुन च्यारिटि सॅाझबाट करिब ५५ सय पाउन्ड जम्मा गर्न हामीहरु सफल भएका थियौ। कुनै एक च्यारिटि कार्यक्रमबाट यति धेरै रकम बचत गर्न सकिएको यो पहिलो कार्यक्रम थियो।पहिलो र दोस्रो च्यारिटि सॅाझ गरि करिब ९००० पाउन्ड संस्थाको खातामा जम्मा गर्न हामी सफल भएका थियौ।
१४) नेपाली कला र संस्कृतिको बेलायतमा प्रचार प्रसार,संरक्षण र सम्बर्द्धन गर्न उद्धेष्यले युवा अध्यक्ष दिपक सापकोटाको नेतृत्वमा रहेको कार्यसमितिले २०२४ बाट सुरु गरेको मिडल्यान्ड भजनकृतन महोत्सव २०२५ को मिति १२/०५/२०२५ ऊल्भरहाम्टन स्थित श्रीकृष्ण मन्दिरको प्राङगणमा भब्यरुपले सम्पन्न गरियो। दोस्रो मिडलैन्ड भजनकृतन महोत्सबमा बेलायत भरका नेपाली भजनमन्डलीहरुलाई बोलाई भगबानको नाम रटाईको गुन्जायमन बेलायतमा मात्र नभई नेपालमा समेत पुराउने काम गरियो र साझा नेपाली समाजको नाम उच्च बनाउने काम गरियो।
१५) खेलाडीहरुको मनोभावना उच्च बनाई सातौ मिडल्याण्ड क्रिकेट लिग २०२५ को समापन गरियो।
१६) खेलकुदको माध्यबाट साझा नेपाली समाजले अंगिकार गरेका एकता,भाईचारा र सामाजिक सहयोग अझै बढाउन सकिने नयॅा र पुराना पुस्ता विचको समन्वय गरि नयॅा पुस्तलाई सामाजिक काममा अग्रसर गराउने उद्धेष्यले मिति ०८/०९/२०२५ मा साझा भलिबल रनिङ शिल्ड को पहिलो प्रतियोगिताको आयोजना गरियो। बेलायतको नेपाली समाजहरुले आयोजना गर्ने भलिबल प्रतियोगिताहरुको पुरस्कार राषिलाई पछि पार्दे उच्च पुरस्कारको राषिले खेलाडीहरुलाई सम्मान गर्ने र साझा नेपाली समाज बेलायत भरकै समुदाय प्रति समर्पण भएको एक बिस्वास योग्य संयुक्त समाज हो भनी बेलायतको नेपाली समुदायलाई चिनाउने काम गरियो।