नेदरल्याण्ड्स ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले यही अगस्ट १८ तारीख नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनाउने भएको छ । बिगत बर्षहरु झै यो बर्ष पनि भब्य र सब्य रुपमा मनाउन लागिएको हुँदा नेदरल्याण्ड्समा रहनुहुने सम्पूर्ण आमाबुवा, दिदीबैनी र दाजुभाईहरुलाई उपस्थित हुनकालागी हार्दिक अनुरोध गरिसकिएको संघका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी गराए ।
नेपालका राष्ट्रिय ख्यातिप्राप्त कलाकार शान्ति श्री परियार दमदार प्रस्तुतिको साथमा गित–सङ्गीत,नाचगान,रमाइलो वातावरण र आपसी भेटघाटको अवसर समेत प्राप्त हुने हुँदा २०२५ अगस्ट १८,सोमबार समय:१५:००बजे स्थान: De Koning Party & Events Isolatorweg 29, 1014 AS Amsterdam मा उपस्थित हुन समेत अध्यक्ष पोख्रेलले अनुरोध गरेका छन ।
समाजमा भ्रातृत्व,सदाचार,एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै धार्मिक तथा सांस्कृतिक महत्त्व समेत बोकेको हुँदा हामी एकतावद्ध भएर महान चाड मनाउन सम्पूर्ण पक्षसंग हार्दिक अपील गर्दै अध्यक्ष पोख्रेलले सामाजिक एकताको आह्वान गरेका छन ।
हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेका छन । नेपाली महिलाहरूले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज,रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेका छन ।
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न,सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक देखिन्छ ।