मे १६ र १७ तारिख डेनमार्कको राजधानी कोपनहेगनमा इनासको दशौं युरोप महादेशस्तरीय(क्षेत्रीय)सम्मेलन हुने ।

नेदरल्याण्ड्स ।

नेपाली भाषा,सॅंस्कृती र भेषभुषाको संरक्षण र प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका खेल्दै आएको इनासले यहि मे महिनाको १६ र १७ तारिखका दिन डेनमार्कको राजधानी कोपनहेगनमा दशौं युरोप महादेशस्तरीय (क्षेत्रीय)सम्मेलन भब्य रुपमा गर्ने भएको छ।

उक्त सम्मेलनमा युरोप महादेशस्थित विभिन्न मूलुकका नेपाली कलाकार,साहित्यकार,नेपाली भाषा,कला,साहित्य र संस्कृतिलाई माया गर्ने व्यक्तित्वहरु साथै नेपाल सरकारका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरू,नेपाली कूटनीतिक नियोगका पदाधिकारीहरू,अमेरिका र अन्य महादेशहरूका क्षेत्रीय संयोजक एवं प्रतिनिधिहरु,गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु , व्यवसायीहरु,मिडीयाकर्मीहरुको,ब्यापक उपस्थिति रहने आयोजकले जनाएको छ।

त्यसैगरी युरोप महादेशकै उक्त विशाल कार्यक्रममा बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड्स ,ईटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, माल्टा, फिनल्याण्ड, स्विटजरल्याण्ड,चेक गणतन्त्र,नर्वे,आइसल्याण्ड,रोमानिया र क्रोसिया लगायतका मुलुकहरुबाट कलाकारहरुको उलेख्य सहभागिता हुने भएको छ ।

इनास युरोप क्षेत्रीय समिति तथा राष्ट्रिय समिति डेनमार्कको आयोजनामा दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन युरोपभरका इनास प्रतिनिधिहरु,कलाकार तथा स्थानीय संघ-संस्था र निकायका प्रमुखहरुको सहभागीतामा युरोपीयन क्षेत्रीय सम्मेलन आयोजना गरिने हुँदा राष्ट्रिय समितिहरुले आ-आफ्नो देशका प्रगति प्रतिवेदनहरु प्रस्तुत र भावी कार्ययोजनाका बिषयमा छलफल गरिने भएको छ ।

दोस्रो दिन युरोप र अन्य महादेशबाट आएका कलाकारहरुको प्रस्तुति सहित दशौँ युरोपस्तरीय एकल नृत्य प्रतियोगिता र सातौँ एकल गायन प्रतियोगिता आयोजना गरिने युरोप संयोजक प्रकाश तिवारीले जानकारी गराएका छन ।

इनास युरोप संयोजक प्रकाश तिवारीका अनुसार गायन प्रतियोगिताका निर्णायकहरुमा कन्हैया सिंह परियार,नलिना चित्रकार तथा सन्देश बम्जन लामा छन् भने नृत्यतर्फ पार्वती अधिकारी,जगत खड्का तथा रजिना नापित रहने छन् । अडिसनमार्फत विभिन्न युरोपेली राष्ट्रहरूबाट छनोट भएका नौ–नौ जना प्रतिभाशाली कलाकारले नृत्य र गायन दुवै विधामा प्रतिस्पर्धा गर्नेछन् । दुवै विधातर्फका विजयी इनास युरोपको एक वर्षका लागि गुडविल एम्बास्डर रहने छन् भने आठ सय युरो नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम रनरअप र द्वितीय रनरअपले पनि नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

बिभिन्न राष्ट्रहरुबाट अडिशन मार्फत छनौट भएका प्रतिस्पर्धीहरु जसमा गायनतर्फ अञ्जली बराइली (फ्रान्स),आशिष श्रेष्ठ (डेनमार्क), स्वरूपा केसी(डेनमार्क),प्रज्वल न्यौपाने (जर्मनी),हरि श्रेष्ठ (बेल्जियम),प्रताप मोक्तान (चेक रिपब्लिक),दिपक थापा (बेलायत), रन्जीव नेपाली (पोल्याण्ड),आर्या गिरी ( नेदरल्याण्ड्स)ले प्रतिस्पर्धा गर्ने छन्। भने नृत्यतर्फ प्रतियोगीहरुमा रोशिना अधिकारी (फ्रान्स), त्रिस्ता कार्की ढोली (जर्मनी),आरोही शर्मा (बेल्जियम),झरना सुनार (डेनमार्क),सुरुची पराजुली (डेनमार्क),इशा गोले तामाङ (चेक रिपब्लिक),रोशन सुरेश सिंह (बेलायत),मानभी मगर (पोल्याण्ड),अनुष्का टन्डन (नेदरल्याण्ड्स)ले सहभागिता जनाउने छन ।

युरोप महादेशकै एक प्रतिष्ठित र भव्य सांस्कृतिक कार्यक्रमको रुपमा हेरिने यस क्षेत्रीय सम्मेलनको  जिम्मेवारी इनास ग्लोबलले गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न नवौँ क्षेत्रीय कार्यक्रमका क्रममा डेनमार्कलाई सुम्पिएको थियो।

Share