नेदरल्याण्ड्स ।
प्रत्येक बर्ष माघ महिनाको पहिलो दिन माघ १ गते नेपालको एक प्रमुख चाडको रुपमा मनाइने माघे सङ्क्रान्ति,मकर सङ्क्रान्ति तथा माघी नेपाल लगाएत बिदेशमा पनि धुमधामका साथ् मनाउने गरिएको छ । भौगोलिक,जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन रहदै आएको छ ।
नेपालको हिमाल,पहाड र तराईका बसोबास गर्ने छेत्री,बाहुन,राई,मगर,लिम्बु,नेवार,गुरुङ,मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा,बिभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यो पर्वले समुदायमा एकता,मित्रता,आपसी सहयोग,सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेलेको छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् भने मगर जातिका समुदायले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भन्ने गरिन्छ ।
नेपाल लगाएत प्रवासमा मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बिगत बर्ष झैँ यस बर्ष पनि एकता,मित्रता,आपसी सहयोग,सद्भाव आदान प्रदान गर्ने उदेश्यले मगर समाज नेदरल्याण्ड्सले ख्यातिप्राप्त कलाकारहरुको साथ् धुमधामले माघे संग्रान्ति पर्व मनाउन लागेको हो ।
स्थानीय कलाकारहरुका साथमा ख्यातिप्राप्त लोक दोहोरि कलाकार शन्तु थापामगर,लाहुरे कान्छा लगाएतका कलाकारहरुको बेजोड प्रश्तुति रहने हुँदा भरपुर मनोरंजन सहित पर्व मनाईने हुँदा नेदरल्याण्ड्स लगाएत युरोपभरि रहनुहुने नेपालीहरुमा निमन्त्रणा गरि सकिएको समाजका अध्यक्ष नेत्र रानाले जानकारी गराएका छन् । अध्यक्ष रानाका अनुसार यहि जनावरी २० तारिख सोमबारका दिन कार्यक्रम स्थलको हलको ढोका बेलुका १६ :३० बजे खुल्ला रहने कार्यक्रमको सुरुवात भने १७:०० बजे देखि हुने हुँदा समयमै उपश्थित हुन अनुरोध गर्दै कार्यक्रममा १२ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेश र १२ बर्ष भन्दा माथिका सबैलाई १५ युरो प्रवेश शुल्क लिने र निम्न स्थानमा Rhone Events & congress centrum Rhoneweg 12-14, 1043 AH Amsterdam कार्यक्रम हुने जनाइएको छ ।