पूर्बेली समाज बेल्जियमको तेस्रो अधिवेशनबाट अध्यक्षमा खनाल सहित नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित ।

इन्दिरा चाम्लिंग, बेल्जियम, काजाब्लाका क्यासेल्लो ।

यहि अगष्ट ७ तारिख सोमबारका दिन पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन बेल्जियमको एन्त्रोपेनमा सम्पन्न भएको छ । उक्त अधिवेशनले कौशल खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सदस्यहरु सर्वसम्मत रुपमा चयन गरेको हो ।

नयाँ समितिको उपाध्यक्षमा क्रमसः तुंग निरौला,ज्योति गुरुङ,कर्ण सुब्बा( सागर ),बुद्धि बराल,रतन गुरुङ रहेका छन् भने महासचिवमा मुना ताम्राकार, उपमहासचिवमा झुना निरौला, सचिबमा नबिन वान्तवा र रमेश कार्की रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा माया गुरुङ,सहकोषाध्यक्षमा रुपा लिम्बु र सदस्यहरुमा गोपाल दाहाल (निवर्तमान अध्यक्ष ),बुद्धि गुरुङ,सिर्जना बस्नेत,सबल लामा,मोनी राई,श्रेया राई रहेका छन ।

पहिलो औपचारिक बैठकले अन्य सदस्यहरु तथा सल्लाहकारहरु चयन गर्ने जनाइएको छ ।
किरात राई सोसाईटी बेल्जियमको तर्फबाट मोनी राई श्रेया राई,इकु राई र सुबास राई र भबिन्द्र राईलाई सदस्यमा पठाएको सोसाइटीले जनाएको छ ।
अध्यक्ष कौशल खनाल तथा उहाँको टिमलाई पूर्बेली अग्रजहरु लगाएत उपस्थित सम्पूर्णले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रम निबर्तमान अध्यक्ष गोपाल दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share