पुरी एसोसिएसन संस्था सार्वजनिक कार्यक्रम सम्पन्न ।

बेल्जियम ।

पुरी एसोसिएसनले आफ्नो संस्थाको गैर नाफामुलक संस्थाको पूर्ण रुपमा दर्ता भएको जानकारी गराउदै यहि जुलाई १४ तारिखका दिन आफ्नो आधिकारिकता सुरुवात भएको जानकारी गराउँदै बेल्जियमको गेन्ट्स सहरमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेका गेन्ट नगरका मेयर मथियास डे क्लर्क द्वारा पानासमा बत्ती बालेर संस्थाको नयाँ अध्यायको सुरुवात र उज्ज्वल भविष्यको प्रतीकको रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

संघका संस्थापक अध्यक्ष बोधराज पुरीद्वारा संस्थाको अधिकारिक परिचय दिंदै कार्यक्रम सुरुभएको थियो । उनले सहयोगको लागि आफ्नो परिवार र उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए । एनआरएनए र नेपाल सरकारको महत्वपूर्ण सहयोगमा नेपालका लागि अक्सिजन जेनेरेटरका लागि करिब ४५ हजार युरो सङ्कलन हुँदा कोभिड–१९ महामारीको समयमा संघको उत्पत्ति भएको उनले प्रकाश पारे । नेपाली महोत्सव २०२३ र पप गायक भिटेन (VTEN)को युरोपेली भ्रमण जस्ता विभिन्न कार्यक्रमहरूमा साझेदारी सहित संघको सांस्कृतिक योगदान र गतिविधिहरू प्रदर्शन गरिएको जानकारी गराईएको थियो।

पुरी एसोसिएसनले नेपाल र बेल्जियम दुवै देशप्रतिको सामाजिक सेवा प्रतिको  प्रतिबद्धता सहित बाढी पिडित राहत संकलनमा बिशेष जोड दिएको थियो। बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेंद्र राजभण्डारीलाई निमन्त्रणा गरिएको भएतापनि व्यस्तताको कारण उपश्थित हुन अनुकुलता नभएपनि गेन्ट नगरका मेयर मथियास डे क्लर्कको प्रमुख आकर्षकको रुपमा उपश्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली व्यवसायी संघ युरोपका अध्यक्ष याम निरौलाले कार्यक्रममा सहभागी भई प्रेरणादायी मन्तव्य दिएका थिए । अध्यक्ष निरौलाले पुरी एसोसिएसनको प्रयासको प्रशंसा गर्दै बोधराज पुरीसँगको सहकार्यको प्रभावकारितालाई प्रकाश पार्दै आफ्ना सकारात्मक अनुभवहरू प्रस्तुत गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेपाली डायस्पोरा संगठन एनआरएनए बेल्जियमका प्रतिनिधि लोकेन्द्र नेपाल र नेपाली व्यवसायी संघ बेल्जियम (नेब्याब)का अध्यक्ष चिरन कुँवर खवास लगाएतका बक्ताहरुको उपस्थिति रहेको कार्यक्रममा पुरी एसोसिएसनको सफल शुभारम्भको लागि शुभकामना व्यक्त गरेका थिए। यस समारोहले सांस्कृतिक आदानप्रदान,सामुदायिक सुदृढीकरण र दिगो विकासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ् नेटवर्किङ र थप छलफलहरूको लागि अवसर प्रदान गर्ने एक सफल र अन्तरदृष्टिपूर्ण कार्यक्रमको रुपमा लिईएको थियो । रात्रिभोजको आयोजना सँगै उक्त कार्यक्रमको समापन गरिएको थियो ।

Share