नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न, कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन ।

 

युरोप ।
जुलाई १४ तारिख आईतबारका दिन नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्य र नेपाल  प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको बिशिष्ठ अतिथ्यमा सम्पन्न भएको छ । उक्त प्रथम अधिवेशनबाट सञ्जय भक्त कँडेलको नेतृत्वमा प्रेस युनियन युरोपको नयाँ कार्यसमिति चयन भएको हो ।

आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन केन्द्रका उपमहासचिब युवराज गौतमको रोहवरमा वरिष्ठ उपाध्यक्ष एक सहित तीन उपाध्यक्ष,एक महासचिव, एक उपमहाचिव, एक सचिव र एक कोषाध्यक्ष लगायत आठ सदस्यहरु चयन गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा,केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी,युनियन अध्यक्ष शिव लम्साल,एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य लगायतले अधिवेशनमा सम्बोधन गर्दै नवनिर्वाचित युनियनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

बर्तमान अवस्थामा हामीले जोखिमपूर्ण यात्रा गरिरहेको हुँदा सरकारमा रहँदा कसरी जनताका आसा र भरोसालाई सुनिश्चित गर्दै डेलिभरी दिन सकिन्छ त्यसमा हामी केन्द्रित  हुनुपर्ने हुँदा नेपाली कांग्रेसको मिशन ८४ मा प्रेस जगतले अझ महत्वपुर्ण भूमिका खेल्नुपर्ने भन्दै महामन्त्री थापाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

युनियनको विधानमा भएको व्यवस्था अनुसार विदेश शाखा विस्तार सुरु गरेको उपमहासचिव गौतमले जानकारी दिए । केन्द्रीय अध्यक्ष शिव लम्सालले अधिवेशनलाई सम्बोधन गर्दै भने “युके अधिवेशनका लागि पनि दबाब बढाएका छौं,अष्ट्रेलिया र अमेरिकामा पनि शाखा विस्तारको तयारीमा छौं । युनियनलाई विश्वभर संगठित गर्ने इच्छा छ सोही अनुसार काम गरिरहेका छौं” ।

कँडेलकै सक्रियतामा तीन बर्षअघि युके शाखा विस्तार भएको थियो। नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृती प्रदान गर्दै अधिवेशन गरेको हो ।

नयाँ कार्यसमितिहरुमा अध्यक्षमा सञ्जयभक्त कँडेल,वरिष्ठ उपाध्यक्षमा सिद्धार्थबिक्रम क्षेत्री,उपाध्यक्षमा भरत प्रधान,उपाध्यक्षमा सबिना श्रेष्ठ,उपाध्यक्षमा बिकाश लम्साल,महासचिवमा प्रबल भट्टराई,उप –महासचिवमा प्रतिक लामिछाने,सचिवमा मिलन शर्मा,कोषाध्यक्षमा सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाई,आशिष बस्नेत,विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानिया,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग रहेका छन् ।

Share