विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल ( GSPSS ) ले मनायो दशौं अन्तर्राष्ट्रिय योग दिवस ।

 

आफ्नै भूमिमा आफ्नै परिवेशले राष्ट्रियताको जगेर्ना गर्दै त्यहि भुमि नेपालमा पलाएको सञ्जिवनी योगको मूल मन्त्र एक घर एक योगी बनौं आफुपनि निरोगी बनौं र सामाजलाई पनि निरोगी बनाउँ भन्ने मुख्य उदेश्य अनुरुप गुरुदेश नेपालको शान विश्व शान्ति अभियानका साथ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल ( GSPSS ) ले पनि यस वर्षपनि दशौं अन्तर्राष्ट्रिय योग दिवस २०८१,यहि मई २१ तारिख सुक्रबारका दिन प्रत्यक्ष तथा अप्रत्यक्ष अनलाईन जुम मार्फत विविध कार्यक्रमका साथ मनाउन सफल भएको छ।

अध्यात्म ज्ञान र योगबाट कसरी खुसी, शुखी र निरोगी हुन सकिन्छ र समाजलाई पनि शुखी र शान्ति बनाउन सकिन्छ भन्ने उपायहरु जीवन जिउन का लागी ब्रम्ह चेतना र कुण्डलिनी जागरणको एक दिव्य ज्ञान र साधनाको माध्यमबाट मात्र सम्भव हुन्छ भन्दै श्रद्धेय गुरुदेव आचार्य श्री राजन शर्माद्वारा ब्रम्ह साधना प्रशिक्षण दिईएको थियो ।

ध्यान,योगका विविध वैश्विक योग्यताका कक्षाहरु,उपनिषद,खगोल विज्ञान,उद्घोषणा कला,वैदिक गणित,संस्कृत,श्रीमत भागवत गीता लगायत १५ विषयहरुमा नि:शुल्क अध्यापन गर्दै आएको विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले भौतिक तथा जुम मार्फत विविध बिषयमा साप्ताहिक कार्यक्रम संचालन गरेको थियो।

विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन अवसरका दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष अघि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभूबाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संस्थापक विश्व योग गुरु आचार्य राजन शर्माज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो।

दशौं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा साताव्यापी कार्यक्रम संचालनको अवधिभर अहोरात्र खटेर कार्यक्रम ब्यबस्थापन गर्नुहुने श्रद्धेय गुरुदेव आचार्य श्री राजन शर्मा गुरु,भौतिक तथा जुम मार्फत निमन्त्रणालाई स्वीकार गर्दै आउनु भएका प्रमुख अतिथि,अतिथि लगायत संयोजक तथा सम्पुर्ण (GSPSS)केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु,विभिन्न प्रदेशका आआफ्नो साधना केन्द्रबाट उपस्थित हुनुहुने सम्पुर्ण गुरुजनहरु,विभिन्न देशबाट जन्मभुमि नेपालका लागि योगदान पुर्‍याउनु हुने गुरुजन,जुम सञ्चालन गर्नुहुने प्राबिधिकहरु,राष्ट्रिय योग परिषदका सम्पुर्ण केन्द्रीय सदस्यहरु,प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थित भएर साथ सहयोग पुर्‍याउनु हुने आजीवन सदस्यहरु,साधारण सदस्यहरु,सम्पुर्ण सहभागी एवं शुभचिन्तकहरुप्रति विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल ( GSPSS )ले हार्दिक आभार प्रकट गरेको छ ।

Share