नेदरल्याण्ड्समा नेपाल डे मनाइदै ।

नेदरल्याण्ड्स ।

नेपाली भाषा,सॅंस्कृती र भेषभुषाका साथ नेपाली सञ्चार र पर्यटन प्रवर्धनका साथसाथै नेपालको दिगो बिकासमा विभिन्न क्षेत्रबाट कसरि काम गर्न सकिन्छ भन्ने उदेश्यका साथ बिगत बर्ष झैँ यस वर्षको नारा ‘सञ्चार र सहकार्य’ सहित नेदरल्याण्ड्समा नेपाल डे मनाउने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्स र Nepal Federation of the Netherlandsको संयुक्त आयोजनामा जुन १५ तारिख शनिबारको दिन बिहान ९:३० बजे देखि बेलुका ५ बजे सम्म Evertshuis – Julianastraat 4, Bodegraven मा नेपाल डे मनाउन लागिएको एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कँडेलले जानकारी गराएका छन् ।

हरेक वर्ष विश्वभर फोहोर पानीका कारण विभिन्न रोगहरू लागेर मानिसहरुको मृत्यु भईरहेको र पानीकै कारण लाखौँ बिध्यार्थीहरुले बिद्यालय छोड्नु परेको बिकराल आवस्थामा नेपालमा पनि कसरी खानेपानी तथा सरसफाइ परियोजनाहरू मार्फत सहयोग गर्न सकिन्छ भन्ने बिषयमा डोपर फाउण्डेशनका संस्थापक मेरिजन एभरार्ट्सले आफ्नो भिजन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी दिन प्रतिदिन नेपाली युवाहरु रोजगारीको शिलसिलामा बिदेसिनु परेको अवस्थालाई मध्यनजर गर्दै नेपालको गरिवी र बेरोजगारी अवस्थाको न्यूनीकरण गर्न नेदरल्याण्ड्सका उद्यमी जेरार्ड एरिङ्कले नेपालमा रोजगारी सिर्जना गर्ने र सहकार्य गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्नो भिजन प्रस्तुत गर्नेछन।

नेपालको सञ्चार क्षेत्रमा सहकार्य गर्दै नेटवर्किङका लागि पर्याप्त सम्भावनाहरुका बारेमा ब्यापक अन्तरकृया हुने र प्रतिनिधि सहभागिताको लागी निमन्त्रणा गरिसकिएको हुँदा यदि कुनै कारणबस निमन्त्रणा नपुगेको खण्डमा संघको वेबसाइड www.nrna.nl लिंकमा गएर रजिष्ट्रेशन गर्न सकिने अध्यक्ष कँडेलले जानकारी गराएका छन् ।

नेपाली खाना दालभात र मोमोको सुगन्धमा रमाउदै संगीतको साथमा मनाउन  लागिएको नेपाल डे भब्य रुपमा सम्पन्न हुनेमा आयोजक बिश्वस्थ रहेको छ ।

Share