बेलायतमा पौडेल बने पहिलो नेपाली लायन्स प्रेसिडेन्ट ।

शशांक शर्मा,बेलायत ।

बेलायतको ऊल्भरहाम्टनमा पहिलो नेप्लिज लायन्स क्लव गठन भएको छ। ऊल्भरहाम्टन स्थित माउन्ट गोर्खा रेष्टुरेन्टमा भएको chartar celebration मा चितवन घर भै बेलायतको ऊल्भरहाम्टममा ब्यबसाय गरि बस्ने युवा समाजसेवी दिपक पौडेल सर्वसम्मत प्रेसिडेन्ट बनेका छन।

समितिमा रोसन सुन्दास सचिव र इन्द्रलाल पाठक कोषाअध्यक्ष रहेका छन। दिप्ती भन्डारी,रजत भन्डारी,आर्जु भट्टराई,सचेत भट्टराई,कर्ण बिस्वकर्मा,अनमोल बोहरा,रजनी दर्जी,सोनी घले,हरि कार्की,बिष्णु लामिछाने,सफल न्यौपाने,कृष्ण सापकोटा,दिपक सुबेदी,धिरेन थापा,शिशिर उप्रेती,रबिना वाग्ले,रेजिना वाग्ले गरि बिस सदस्यिय  कार्यसमिती गठन भएको छ भने बाकी सबैलाई जोड्ने गरी सदस्यहरु थपिदै जानेछन।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर डेभिड म्याकार्थि ले लायन्स क्लवका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा.प्याटि हिलले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाएका थिए भने पुर्व डिस्ट्रिक गभर्नर रबिन्द्र सन्धुले charter ब्याच तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा ऊल्भरहाम्टन स्थित हाम्रो नेपासी समाजका अध्यक्ष भिम शर्मा लगायत पुर्व अध्यक्षहरु गंगा गौतम,कृष्ण प्रसाद शर्मा,गोमा पौडेल,शिब खरेल को उपस्थित रहेको थियो।

नबनियुक्त प्रेसिडेन्ट दिपक पौडेलले आफुले बिभीन्न संघ संस्था मार्फत समाजसेवा गरिसकेको र अब लायन्स क्लवको माध्यमले समाजसेवा लाई निरन्तरता दिने बताएका थिए ।आफुले चितवनको चेपांग बस्तीमा चेपांगहरुको जिवन सुधार्ने केही काम गर्ने इच्छा रहेको र अब त्यसैलाई लक्ष्य बनाई नवगठित लायन्स क्लवको कार्यसमितिले काम गर्नेछ भन्ने बिश्वास ब्यक्त गरेका थिए । सन १९१७ मा अमरिकामा गठन भएको लायन्स क्लवले नेपालमा सामाजिक कामहरु गरिरहेकोछ। लायन्स क्लवले यसै बर्ष अष्ट्रेलियामा अन्तराष्ट्रिय सम्मेलन गर्दैछ ।

Share