विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले आयोजना गरेको विश्व ध्यान दिवस भब्यताका साथ सम्पन्न ।

नेदरल्याण्ड्स  ।

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले यहि सन् २०२४ मे २३ तारिख जेठ १० गते बिहिबारका दिन अनलाईन जुम प्रविधि मार्फत विश्वभरी छरिएर रहेका हजारौ आध्यात्मिक ब्याक्तित्वहरुको  उपस्थितिमा तेश्रो विश्व ध्यान दिवस भब्यताका साथ मनाएको छ। दुई वर्ष अघि स्वयम्भूको गीता मन्दिर बाट ६० देशको सहभागीतामा विश्व भर मनाउन शुरु गरिएको विश्व ध्यान दिवस यो वर्ष पनि उक्त दिन बिहान ५ बजे धुमधामका साथ मनाइएको हुनाले विश्वशान्ति तथा आध्यात्म विज्ञानको थप उचाई कायम भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार साप्ताहिक ध्यान सचेतना कार्यक्रम मनाउदै आइरहेको हुँदा उक्त दिन विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)ले योगी गुरु आचार्य श्री राजन शर्मा ज्यूको प्रत्यक्ष उपस्थितिमा तेस्रो विश्व ध्यान दिवस मनाएको हो । यस अवसरमा आयोजकले संसारभरका नेपाली तथा विदेशी योग तथा ध्यानप्रेमीहरुलाई दिएको समय र जुम आईडीमा चुलै निमन्त्रणा गरिएको थियो ।

ध्यान गरौं र जीवनलाई आनन्दित बनाऔं,भन्दै कतारका महामहिम राजदुत,अमेरिकाका सांसद डा.ह्यारि,महावाणिज्यदुत श्री ॠषि ढकाल,स्वामि अरुण,डा.क्षितिज बाराकोटी,डा.राजु अधिकारी,व्यासआचार्य चैतन्य कृष्ण ,एनआरएनए अध्यक्ष अनिल पोख्रेल,मानव सेवा आश्रमका अध्यक्ष राम्जी अधिकारी,योग आलयन्स अष्ट्रेलियाबाट शितेन,सिन्डी,जुली,जरोकिलो प्रतिस्ठानका प्रमुख तथा काठमाण्डौं विश्वविध्यालयका सह प्राध्यापक डा.निर्मलमणि अधिकारी,महात्मा शुशिल,स्वामि आध्यपथिक,योगी तारानिधी पन्त,योगी वेदमणि,अम्बिका बाईजी, लगायतले योगी आचार्य राजन शर्माको ‘जिसपिएसएस’(GSPSS)अभियानको सफलता कायम गर्दै राष्ट्रिय र वैश्विक रुपमा विश्वशान्ति दिवस सबैले मनाउन ऐक्यबद्दता जनाएका थिए ।

विश्व ध्यान दिवसको उपलक्ष्यमा भूगोल भरिको प्रतिनिधित्व गर्दै एकै साथ ध्यान उर्जा मार्फत विश्व जोडिएको दिन भएकाले नेपाल र अनेकौं अध्यात्मिक अगुवा,योगि,अमेरिकी प्रतिनिधि सभाका सदस्य,गैर आवासीय नेपाली संघका अध्यक्षहरु,महामहिम राजदुत,महावाणिज्यदुत देखि अष्ट्रेलिया वेलायत लगाएतका देशहरुबाट अध्यात्मिक संगित समुहहरुको प्रस्तुति भएका थिए । मनलाई शान्त बनाउनका लागि ध्यान सबै भन्दा उत्तम मार्ग हो, ध्यानबाट नै ज्ञानको प्राप्ती हुन्छ भन्दै अध्यात्मिक ज्ञान संगै ध्यान दिवसमा उर्जा प्रदान गरिएको थियो । आयोजकका अनुसार संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन अवसरका  दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष अघि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभूबाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संस्थापक विश्व योग गुरु आचार्य राजन शर्माज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो।

मन र चित्तलाई शान्त बनाउन ध्यानको विकल्प नभएको र शान्ति चाहने हो भने यो बाहिर खोजेर भेटिंदैन आफै भित्र खोज्नु पर्दछ भन्ने मान्यतालाई विश्वभर फैलाएर विश्वमा शान्ती फैलाउने यो महान विद्यालाई सार्थकता दिन यो कार्यले महत्वपूर्ण भुमिका खेल्ने आयोजकले जनाएको  छ। सोहि दिवसमा लुम्बिनिमा जीएसपिएस (GSPSS) परिवारले प्रधानमन्त्रिलाई विश्व ध्यान दिवस घोषणा गर्न ज्ञापन पत्र प्रदान गरेको थियो ।

हरेक दिन अष्ट्रेलिया,नेपाल,कतार,ईजरायल,वेलायत,अमेरिका देशका ब्रम्हमुहुर्तमा नित्यतन्त्र धारणा ध्यान,योगका विविध वैश्विक योग्यताका कक्षाहरु,उपनिषद,खगोल विज्ञान,उद्घोषणा कला,वैदिक गणित,संस्कृत,श्रीमत भागवत गीता लगायत १५  विषयहरुमा नि:शुल्क अध्यापन गर्दै आएको छ । आयोजकका अनुसार अनलाईन जुम मार्फत गरिएको सो ध्यान दिवसको सम्योजन अमेरिकाबाट विदुषी गङ्गा आचार्यले गरेकी थिइन् ।

Share