बेल्जियममा नेपाली खाना महोत्सव हुँदै ।

बेल्जियम।

यहि मे २५ तारिखका दिन लुभेन स्थित लादुजप्लेनमा नेपाली खाना महोत्सवको आयोजना गरिने भएको छ । बेल्जियमस्थित प्रवासी नेपाली व्यवसायीहरुको छाता संगठन नेपाली व्यवसायी संघ बेल्जियम र बेल्जियमका लागि नेपाली दुतावास ब्रसेल्सको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको अनलाईन जुम मार्फत आज पत्रकार सम्मेलन गर्दै संगठनले जानकारी गराएको हो ।

युरोपेली बजारमा नेपाली खाना,कला,संस्कृति र पर्यटन प्रवर्धन गर्ने मुख्य उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागेको हुँदा यो महोत्सव बेल्जियम साथै युरोपभरी रहेका बढ्दो पुस्तालाई देखाउन सिकाउन र प्रवर्धन गर्न पनि अत्यन्त महत्वपूर्ण भमिका खेल्ने हुँदा अवलोकन गर्न आएका युरोपेली नागरिकहरुलाई नेपालको कला,संस्कृति,मौलिकता र पर्यटनसंग जोड्दै आर्थिक सम्बृद्धिको बाटोमा समेत टेवा पुर्याउने खाना महोत्सव कार्यक्रमका संयोजक काँशी दनैले पत्रकार सम्मेलनमा बताए ।

संघले आयोजना गर्न लागेको तेश्रो संस्करण अन्तरगत खाना महोत्सवले बिगतको बर्षहरु झैँ यो बर्ष पनि नेपाल र तराईदेखि पहाडसम्म फैलिएका नेपालीहरुको भेषभुषा सहित विभिन्न परिकारहरुको विदेशी भूमीमा पस्कदै स्थानीय तथा युरोपभरिका बिदेशीहरुलाई पहिचानका लागि उपयोगी हुने संघका अध्यक्ष चिरणकुमार खवासले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार उक्त महोत्सवमा कुल १४ वटा स्टलहरु रहने जस्मा नेपाली हस्तकलाका दुई स्टल रहने र अन्य स्टलहरुमा नेपालका विभिन्न भागमा उपलब्ध हुने खानाहरुलाई बैज्ञानिक तरिकाले तयारी गरेर स्वादिष्ठ र आकर्षक भोजनहरुका सामग्रीहरु रहने छन् । नेपालको विभिन्न जातजातिहरुको पोशाकमा सजिएर एक सय भन्दा बढी बालबालिकाहरुले नृत्य मार्फत कला र संस्कृतिको प्रवर्धन गर्दै प्रदर्शन गर्ने भएका छन् ।

संयोजक दनैका अनुसार यो महोत्सवमा बेल्जियममा रहेका लगभग ५०० वटा व्यवशायिक संस्थाहरुको सक्रिय सहयोगमा लगभग चालिस लाख बिज्ञापन लगायत विभिन्न माध्यमबाट संकलन गरिने र लगभग पैंतीस लाख खर्च हुने अनुमान संघले गरेको जानकारी गराईएको छ | खाना महोत्सवलाई सहयोगका निम्ति संघसंग सहकार्य गर्दै आएका ठुल्ठुला अन्तराष्ट्रिय कम्पनीहरु टर्किस एयरलायन्स,बियरका कम्पनीहरु लगायत धेरै कम्पनीहरुको सपोर्ट रहेको र भोलिका दिनमा नेपालको पर्यटन प्रवर्धनमा समेत सहकार्य गर्न सकिने सम्मेलनमा जानकारी गराईएको थियो ।

बेल्जियमको मेम्बर अफ पार्लियामेन्ट,विभिन्न देशका राजदुतहरु र पर्यटन दुतहरुको सक्रिय सहभागिता रहने उक्त खाना महोत्सवमा स्थानिय नगरपालिकाका मेयरले महोत्सव उद्घाटन गर्ने जानकारी गराइएको छ । महोत्सवमा सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सुरक्षानिकायहरु र बिमा कम्पनीहरुसंग सहयोग र सहकार्य गरिएको हुँदा युरोप भरि रहेका सम्पूर्ण महानुभावहरुलाई सहभागिताको लागि अनुरोध गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष खवासले जानकारी गराए ।

 

 

Share