नेपाली व्यबसायी संघ नेदरल्याण्ड्सको तेस्रो महाधिवेशन आगामी २६ अगस्टमा हुँदै ।

नेदरल्याण्ड्स  ।

नेदरल्याण्ड्समा अवस्थित नेपाली भाषी व्याबसायीहरुलाई एकिकृत गर्दै व्याबसायिक हक र हितमा काम गर्ने लक्ष राखि स्थापना गरिएको नेपाली व्यबसायी संघ नेदरल्याण्ड्सको तेस्रो महाधिवेशन आगामी अगस्ठ २६ तारिखका दिन  नेदरल्याण्ड्सको राजधानी आम्स्टरडाममा हुने भएको छ ।

गत आइतवार बसेको कार्यसमितिको नियमित बैठकले महाधिवेशन सम्पन्न गराउनको लागि विविध उपसमितिहरु गठन गरेको  छ। महाधिवेशनलाई ब्यवश्थित  गर्न बर्तमान अध्यक्ष अमिर देवकोटाको संयोजकत्वमा समस्त कार्यसमिती सदस्यहरु रहने गरि व्यबस्थापन समिती निर्माण गरिएको छ । निती, नियम र प्रकृयालाई चुस्त दुरुस्त गराउन बिधान समिती संयोजकमा धन कुमार बोहरालाई नियुक्त गरिएको छ ।

संघमा एकता कायम गर्दै सकभर सर्वसम्मत कार्यसमिती चयन गराउन समन्वय समितिको संयोजकत्व गर्न अध्यक्ष अमिर देवकोटा र सदस्यहरुमा बेदराम कंडेल र धर्म कार्कीलाई जिम्मा दिइएको छ । सदस्यता बितरण समितिमा संघर्षशिल के सि को संयोजकत्वमा धर्म कार्की र सन्दिप काफ्लेको समिती गठन गरिएको छ । निर्वाचनलाई स्वाच्छ, निष्पक्ष र पूर्ण पारदर्शी गराउन निर्वाचन समिती संयोजकमा प्रमुख संरक्षक शशी पौड्याल र सदस्यमा रामचन्द्र (पदम) छेत्री र केशव राज पाण्डेलाई मनोनयन गरिएको छ । व्यबसायीक संघ नेदरल्याण्ड्समा सबै व्यबसायीहरुको प्रतिनिधित्व हुने गरि सदस्यता बितरण गर्ने र नयाँ कार्यसमिती चयन गर्दा सबै व्यबसायीक क्षेत्र र ब्यक्तित्वहरुलाई समेट्ने पहल गरिने निर्णय भएको जानकारी प्राप्त भएको  छ ।

Share