डच भाषा सिक्न चाहनेकोलागी नेपाल म्युजिक फाउण्डेशनद्वारा भर्ना खुल्ला ।

नेदरल्याण्ड्स | 

नेपाल म्युजिक फाउण्डेशनद्वारा बिगत केहि वर्ष देखि नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डाममा संचालित नेपाली भाषा, संगीत,नृत्य र योग तथा ध्यान स्कुलका बालबालिकाहरुको शैक्षिक भ्रमण भव्य रुपमा गर्दै आएको छ । फाउण्डेशनले नेदरल्याण्ड्समा बस्ने नेपालीहरुलाई भाषा सहजीकरण गर्ने हेतुले तल्लो र माथिल्लो दुबै कक्षाहरु (beginners & advanced course)नेपाली स्कुल आम्स्टर्डाममा आगामी २६ मे देखि संचालन हुनेगरी भर्ना खुलाईएको फाउण्डेशनकी अध्यक्ष साबु पौडेलले जानकारी गराएकी छन् |  Waddenweg 116, 1025 PX Amsterdam मा डच भाषाको कक्षा ११:०० बजे देखि १२:०० सम्म हुने अध्यक्ष पौडेलले जानकारी गराएकी छन ।

साथै फाउण्डेशनले आगामी मे १९ तारिख आइतबारका दिन NoorderPark मा दिउसो १३:०० बजे देखि शुरु हुने गरि संचालित नेपाली स्कुल नेदरल्याण्ड्सको आउटडोर कार्यक्रमका लागि  बालबालिका,अभिभावक,सल्लाहकार,संरक्षक,कार्यसमिती,स्कुल व्यबस्थापन समिती र इच्छुक व्यक्तित्वहरुलाई केन्द्रित गर्दै पार्कमा पिकनिक,खेलकुद,भलाकुसारी र बालबालिकाहरुको लागि बिशेष कार्यक्रम राखिएकाले सम्पूर्णमा निमन्त्रणा गरिसकिएको हुँदा सम्पर्कको लागि स्वयम् अध्यक्ष सबु पौडेल,टेलिफोन: ०६८३७१०२३९ ,ईमेल: sabspaudel@gmail.com मा अन्य जानकारीका लागि सम्पर्क गर्न सकिने समेत अध्यक्ष पौडेलले जनाएकी छन।

 

Share