इनासको नवौं युरोप क्षेत्रीय सम्मेलन पेरिसमा भव्यरुपमा सम्पन्न ।

नेदरल्याण्ड्स ।

नेपाली भाषा,सॅंस्कृती र भेषभुषाको प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका गर्दै आएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) फ्रान्स र इनास यूरोपको संयुक्त आयोजनामा मे महिनाको ११ र १२ तारिख फ्रान्सको पेरिस शहरमा इनास यूरोप महादेश स्तरिय नृत्य र गायन प्रतियोगिता २०२४ भव्य रुपमा सम्पन्न भएको छ ।

हरेक बर्ष प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको इनासले यो बर्ष पनि युरोपका बिभिन्न मुलुकमा छरिएर रहेका कलाकारहरुलाई एकत्रित गर्दै उनीहरुको कला र नेपालका बिभिन्न जनजातिका  भेषभुषामा सजिएर नृत्य र गायन  प्रश्तुत गरेका थिए ।  नेपालको विभिन्न जनजाती भेषभुषा र समाजमा रहेका हरेक बिकृति र बिशंगतिको उजागर गर्दै कालाकारहरुले आफ्नो कला  नृत्य र गायन प्रश्तुत गर्दै उपश्थित अतिथिहरु लगायत सम्पूर्णलाई मन्त्रमुग्ध भएका थिए । अन्तराष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्ने यस्तो सुनौलो अवसर इनासले प्रदान गर्दै आएको इनासका प्रवक्ता साथै इनास युरोप संयोजक प्रकाश तिवारीले बताएका छन् ।

भव्यरुपमा आयोजित उक्त प्रतियोगितामा युरोप स्तरिय एकल नृत्य र गायन प्रतिस्पर्धामा नृत्य तर्फ जर्मनीकी मट्रीना शाक्य प्रथम, फ्रान्सकी दिलासा भट्ट द्वितिय र नेदरल्याण्ड्सकी अनुस्का टण्डन तृतीय भएका छन् । त्यसैगरि गायनतर्फ पोल्याण्डका सुशिल विश्वकर्मा पहिलो, डेनमार्कका मनिश लिम्बु दोस्रो र फ्रान्सका कुशल पाख्रिन तेस्रो भएका छन् । उक्त प्रतियोगितामा विजयता प्राप्त गर्ने प्रथम,द्वितिय र त्रितियलाई  क्रमश नगद आठ सय,पाँच सय र तीन सय युरो नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । नवौं महादेशस्तरीय नृत्य तथा छैठौं महादेशस्तरीय गायन प्रतियोगितामा फ्रान्स,जर्मनी,नेदरल्याण्ड्स,डेनमार्क,बेलायत,स्पेन,बेल्जियम,पोल्याण्ड,चेक गणतन्त्र लगायतका मुलुकहरुबाट छानिएर आएका कलाकारहरुबीच प्रतिष्पर्धा भएको थियो ।

युरोप स्तरीय राष्ट्रिय समितिहरुले आ-आफ्नो देशमा गरिएका कार्यहरुको प्रगति प्रश्तुत गरेका थिए । हरेक बर्ष प्रदान गरिने अवार्ड राष्ट्रिय समितिहरुको कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट युरोप राष्ट्रिय समिति’को अवार्ड यस बर्ष राष्ट्रिय समिति बेल्जियमले प्राप्त गर्न सफल भएको थियो । नेपाली कला र संस्कृतिको विश्व सामु प्रवर्धन र परिचित गराउन इनासले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ बिदेशीहरु सामु नेपाल चिनाउन र पर्यटन प्रवर्धनमा कोशेढुंगा बन्न सफल हुन सकोस भन्दै अतिथिहरुले शुभकामना दिएका थिए ।

युरोप र अन्य महादेशहरुबाट आउनुहुने मानार्थ नेपाली राजदुतहरु,नेपाली कला र संस्कृतिलाई मन पराउने बिदेशी नागरिकहरु, इनासका प्रतिनिधिहरु,कलाकार,साहित्यकार,पत्रकार तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

इनास युरोपको हरेक वर्ष आयोजना हुने दशौं युरोप क्षेत्रीय सम्मेलन आगामी बर्ष २०२५मा डेनमार्कमा आयोजना हुने घोषणा गरिएको छ ।

 

 

Share