पत्रकार महासंघ यूरोप शाखाको पाँचौं अधिवेशन सम्पन्न, राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

नेदरल्याण्ड्स।

नेपाल पत्रकार महासंघ यूरोप शाखाको पाचौं अधिवेशनले श्री केजीन राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शाखाको बुधवार सम्पन्न पाँचौ महाधिवेशनको बन्दसत्रले राईको नेतृत्वमा आगामी ३ वर्षको लागि सो जिम्मेवारी सुम्पेको हो ।
शाखाको उपाध्यक्षमा श्री राज कुमार थापा,श्री द्रोण रिजाल,श्री दिल निसानी मगर,श्री प्रेम पमु र श्री बासु सत्याल चयन भएका छन् ।
त्यसैगरी महासचिवमा श्री शेर बहादुर परियार चयन भएका छन् भने उपमहासचिवमा श्री कलस खरेल,श्री भरत प्रधान र श्री अमिस तमाङ र सचिवमा रमेशराज बास्तोला र दिनेश गौतम सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी शाखाको कोषाध्यक्षमा इन्दिरा चाम्लिङ सहित २५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत भएको छ । कार्यसमितिको सदस्यहरुमा क्रमस:भोला लामिछाने(स्पेन),वाइबी गुरुङ(डेनमार्क),कमल पराजुली(स्पेन),किशोर सुब्बा(पोर्चुगल),सन्जु काउछा (फिनल्यान्ड),दिपक भण्डारी(पोर्चुगल),बिनोद अधिकारी(क्रोएसिया),दिपक खतिवडा(पोर्चुगल),जसमान दर्नाल(जर्मनी),प्रकाश बगाले(माल्टा),पुस्तक रेग्मी(पोर्चुगल),लाक्पा तेन्जी शेर्पा(रोमानिया),धनराज विक(माल्टा),जनक बराल(बेल्जियम),नवराज दवाडी(पोर्चुगल),सेन्छेलुङ पतङ्वा(जर्मनी),बलराम राइ(पोर्चुगल), कमल पन्थी( हंगेरी),माधव पोखरेल(इटाली),घनश्याम गौतम(स्पेन),सुभाष चाम्लिङ(बेल्जियम),तुलसा घिमिरे(पोर्चुगल),सर्मिला गुरुङ ठकुरी(पोर्चुगल),अमृता राई (रोमानिया),मनि तमु(बेल्जियम)रहेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष श्री विपुल पोखरेलको प्रमुख आतिथ्यमा र अध्यक्ष श्री प्रेम परियारको सभापतित्वमा बुधबार सम्पन्न अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले’महासंघ बलियो भयो र एकता भयो भने हामी दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए।

बेनेलक्स तथा युरोपियन युनियनकालागि महामहिम राजदूत श्री गेहेन्द्र राजभण्डारी,प्रेस युनियन केन्द्रीय अध्यक्ष श्री शिव लम्साल,प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष श्री विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष श्री विश्वमणि सुवेदी,प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती,फोनिज केन्द्रीय अध्यक्ष श्री गजुरधन राई,नेपाल अमेरिका पत्रकार संघ (नेजा)अध्यक्ष श्री सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष श्री शान्त कुमार पहारी,प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव श्री राजेश चाम्लिंग राई,प्रवास इञ्चार्ज इञ्चार्ज श्री आरबी खड्का,प्रवास अध्यक्ष श्री हरि नेपाली, एनआरएनए अभियन्ताहरु श्री रामशरण सिंम्खडा,श्री मिलन छन्त्याल, प्रवासी नेपाली मञ्च युरोप संयोजक श्री मुक्त गुरुङ, जनसम्पर्क समिति युरोपका महामन्त्री श्री गंगाधर गौतम, जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष श्री गंगाप्रसाद भुसाल,प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज श्री सुवास पोखरेल,पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष श्री चिरन शर्मा,  प्रेस युनियन पोर्चुगलका सभापति श्री बासु सत्याल, रा.प्र.पा. पोर्चुगलका निवर्तमान अध्यक्ष श्री दिपक शर्मा, प्रवास नेपाली सम्पर्क विभाग(रास्वपा) श्री भोला लामिछाने,पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक श्री रमेशराज बाँस्तोला,एनआरएनए बेल्जियम एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,अनेसास पोर्चुगल महासचिव श्री एनबी अन्जान,पानी अभियान्ता श्री मित्रलाल पार्दे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।

पत्रकार महासंघले तोकेको केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु श्री सुनिल खड्का,श्री रमेश खतिवडा ,सरिता बराईली,श्री केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार,संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ।

घोषणापत्रको पूर्णपाठ

नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले पारित गरेका प्रस्तावहरू:-
१) युरोपमा रहेका नेपाली दूतावासहरु,कुटनीतिक निकायहरु,विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ,विभिन्न राजनैतिक,सामाजिक,क्षेत्रीय,जातीय,भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता,पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।

२) प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।

३) युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।

४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।

५) सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।

६) पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।

७) नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।

८) सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति,ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न,प्रेस स्वतन्त्रता,सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।

९) युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ।

१०) यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल,प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।

Share