तमु समाज बेल्जियमका आमा समूहले नेदरल्याण्ड्समा गरे भब्य कार्यक्रम ।

नेदरल्याण्ड्स ।

तमु समाज बेल्जियमका आमा समूहले नेदरल्याण्ड्समा पहिलो पटक भब्य कार्यक्रम सम्पन्न गरेको छ। अप्रिल २१ तारिख आईतबारका दिन उक्त आमा समूहद्वारा आयोजित  नेदरल्याण्ड्सको प्रशिद्ध स्थल कौकेन्होफ तुलिप गार्डेन keukenhof tulip garden मा गरिएको कार्यक्रममा तमु समाजका सदस्यहरु  सहभागी हुँदै फूलहरुको सुन्दर सहरको अवलोकन गरेका थिए ।

नेपाली नेपाली बिच एक आपसमा अपनत्व,भाइचाराको सम्बन्ध र सौहार्दपुर्ण मित्रता कायम गराउने उद्देश्यले स्थापित समाजको आयोजनामा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता रहोस भन्ने उदेश्यले कार्यक्रमलाई शुलभ तथा सेवामुलक गराउन यातायात साधनको लागि Oostende,Brugge,Antwerpe र Leuven मा गरि ३ वटा बस सेवा उपलब्ध गराइएको थियो।

आयोजकको तर्फबाट अतिनै मेहनतका साथ तयार पारिएको स्वादिष्ट खाजा चमेना समेत उपलब्ध गराएको र उक्त कार्यक्रममा २०० भन्दा बढीको सहभागिताले झनै भव्य एवम् अविस्मरणीय बनाएको समाजकी उपाध्यक्ष अनिता घलेले जानकारी गराएकी छन् ।

 

Share