नेदरल्याण्ड्सको फिल्म हलहरुमा नेपाली हास्य चलचित्र “महाजात्रा” ।

नेदरल्याण्ड्स।

स्विसको घडी लाखौको गाडी..हामीलाइ चै अरबको खाडी । हेर्दा जाबो कागज यस्को कत्रो तागत …!!!!

नेपाल लगायत विभिन्न मुलुकमा प्रदर्शन हुँदैगरेको  यस् वर्षकै बहुप्रतिक्षित हास्य चलचित्र ‘महाजात्रा’ नेदरल्याण्ड्सको विभिन्न फिल्महलहरुमा प्रदर्शन हुन गईरहेको छ । प्रसिद्ध लेखक तथा चलचित्र निर्देशक प्रदीप भट्टराईको लेखन र निर्देशनमा रहेको यो चलचित्र नेदरल्याड्सको विभिन्न शहरहरु होफ्द्रोप Hoofddorp, अल्मेरे Almere र हार्लेम Haarlem मा मार्च ३० तारिख र ३१ तारिख भब्यरुपमा प्रदर्शन हुँदैछ।

युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’को यो हास्य चलचित्रमा बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य सहित विपिन कार्की,रविन्द्रसिंह बानियाँ,वर्षा राउत,अर्जुनजंग शाही,प्रकाश घिमिरे, राजाराम पौडेल,प्रवीण खतिवडा,दिव्यदेव,सुमन कार्की,शिशिर वाङ्देल,गौमाया गुरुङ,अरविन खड्का लगायतको अन्य चर्चित हास्य कलाकारहरुको बेजोड अभिनय रहेको चलचित्र मंगलबार काठमाडौंमा प्रिमियर शो भएलगत्तै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो।

बुकिङ खुल्ला भएसँगै यतिबेला टिकट खरिद गर्नेको संख्या अकल्पनीय रुपमा बढेकोले चलचित्रले भरपुर मनोरंजन दिनेमा दुईमत नरहेको चलचित्र निर्माता टिमले दाबि गरेको छ ।

नेदरल्याण्ड्समा प्रदर्शन हुने ठाउँ र समय :-      Hoofddorp 30/march24-15:20/ Almere- 30th march 24 15:50/ Haarlem -30march 24 – 18:00 ,31 march 24 – 20:00

 

Share