नेपालकी छोरी स्तुति बस्नेत टप मोडेलको फाईनलिष्टमा ।

बेल्जियम  ।

वेल्जियमकाे नेपाली समूदायकाे हुर्कदै ,वढदै गरेकाे नेपाली मुलकी ५ वर्षीय वालीका स्तुती वस्नेत टप माेडल वेल्जियम जस्ताे वेल्जियमकाे प्रतिष्ठित माेडल साे काे फाइनलमा प्रतिस्पर्धा गरीरहेकी छिन् । सानै उमेर देखि गीत ,संगीत,नेपाली संस्कृती र भेषभुषा प्रति माेहित स्तुतीकाे रूची देखेर उनलाइ उनका वुवा मुवाले माेडलिङ तालिम केन्द्रमा आवद्ध  गराएकाे विवरण स्तुतीकाे अबिभाबक वताउछन् ।

४ वर्षकाे नावालक अवस्थामा माेडलिङ तालिम केन्द्रमा आवद्ध  भइ फाेटाे सेसन,क्याट वाक , आकर्षक  मुस्कान ,आत्म विश्वास जस्ता तालिमहरू पुरा गरी उनी प्रतियाेगीतामा भाग लिएकी हुन् । किड्स गल्स तर्फ ६३४ जनाले भाग लिएकाे अडिसनमा फाइनल सम्म आउँदा विश्व व्यापी रूपमा उनले पव्लिक भाेट पाउदा सेमीफाइनलमा दाेश्राे स्थानमा थिइन् । तर फाइनलमा नाबालक १ ग्रुप र नाबालिका १ ग्रुप गरी सवै जनालाइ समेटेर लगेकाे छ, जसमा १५४ जना नावालिका मेड्लहरू रहेकाे छ । ऊनि हाल सम्मकाे विश्व व्यापी भाेटिङ नतिजा अनुसार टप ३ मा परीरहेकी छिन् ।

नेपालकी छाेरी स्तुतीलाइ वेल्जियम लगायतका नेदरल्याण्ड , जर्मनी, इण्ल्याण्ड,पाेर्तुगल,फिनल्याण्ड, अमेरीका,अस्ट्रेलिया,जापान र नेपालवाट अधिकतम रूपमा भाेट हालेका स्तुतीका वुवा बुद्ध बस्नेत बताऊछन साथै वेल्जियममा वेल्जिक समुदायले पनि स्तुतीलाइ मद्दत गरीरहेका छन । यहि अाउदाे शनिवार जनवरी १३ तारीख एन्त्राेपनकाे सान मार्काे भिलेजमा हुन गैरहेकाे उक्त माेडलिङ साे काे जनवरी १५ सम्म पव्लिक अनलाइन भाेट खुल्ला रहनेछ यदि सम्पूर्ण नेपालीहरू एक भएर अनलाइन भाेट गर्ने हाे भने अवश्य पनि स्तुतीले सानै उमेरमा आफ्नो  नेपाली पहिचान विश्वभर गराउछिन् । उक्त प्रतिश्पर्धाकाे विजेताले “ बच्चाहरूको स्वर्गिय स्थान पुन्ता काना “ दाेमिनीकान्त रिपव्लिकमा आफ्ना अभिभावकका साथमा गइ फाेटाेसेसनका साथ आवश्यक  भत्ता पाउछ । साथमा प्रतिष्ठित कम्पनीहरूवाट विज्ञापन र साे वापतका आवश्यक सुविधाहरू पाउछन  र विजेतालाइ आफ्नो  मातहतमा राखेर भविश्यमा राम्राे माेडल वनाउछ । एक नेपालकाे छाेरी सम्झेर पव्लिक अनलाइन भाेट गर्न विश्वव्यापी रूपमा स्तुतीका वुवा मुवाले अपिल गरेका छन । टप मोडल बेल्जियम एकेडेमीले आयोजना गरेकोननव सो राष्ट्रब्यापी किडस मोडल प्रतियोगिताका फाईनलिष्ट स्तुति नेपाली र नेदरल्याण्ड भाषामा पोख्त छिन। बेल्जियममा सिंगो नेपाली समुदायको प्रतिष्ठा र ढुकढुकी बनेकी छिन ऊनि ।

https://tmbkidsacademy.voteforme.click/mkstr/31-stuti/?fbclid=IwAR2cJK9U4-0CWT5kFadTQuUictom3allypMRI8U2YwiGK6DGkagTtm6a5Wg

Share