तमु समाज बेल्जियमको आयोजनामा ल्होछार भब्य रूपमा सम्पन्न ।

बेल्जियम, काजाब्लांका क्यासेल्लो ।

बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम सहित तमु ल्होसार’  भब्य रूपमा मनाईएको छ । तमु समाज बेल्जियमले डोन बोस्को काजाब्लांका क्योसेल्लोमा आयोजना गरेको २६०८ औ गरूड बर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रम सहित तमु नयाँ बर्षको शुभकामना साटासाट गर्दै मनाईएको हो । कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै बिभिन्न जातिय ,सामाजिक ,राजनैतिक र सामुदायिक संघ संस्थाहरुको सहभगिता रहेको थियो । विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरु एबम  बालबालिकाहरुको उपस्थितिले कार्यक्रम निकै मनमोहक र भब्य देखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी , बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा,आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ , समाजका अग्रज अभिभावक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ द्वारा बिशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउदै आरम्भ भएको थियो ।

तमु ल्होसारको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभण्डारी साँस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रबासमा आफ्नो कला र संस्कृति झल्कने गरी आयोजना गरेको भब्य कार्यक्रममा सहभागि हुँदा खुशी लागेको बताउनु भयो । गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा,नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले तमु ल्होछारको शुभकामना दिनु भएको थियो । एनआरएनए आईसीसी उपाध्यक्ष गंगाधर गौतम ,निबर्तमान ग्लोबल युबा उपाध्यक्ष  हिमाल गुरूंग , एनआरएन आईसिसी महिला संयोजक अनुजा प्रधान लगायत नेदरल्याण्ड्स ,जर्मनी ,लक्जेम्बर्ग ,फ्रान्स ,पोर्चुगल ,माल्टा ,बेलायत लगायतबाट झन्डै १०० संघसंस्थाबाट कार्यक्रममा पाहुना र सहभागिता रहेको थियो । सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोश्रो अंक ”आशिमाला-२” र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रबासी’ले लेख्नु भएको गुरुङ भाषाको अन्य तीन भाषा- नेपाली,अग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोष ‘नमस्ते’को बिमोचन गरिएको थियो । आशिमाला २ प्रकाशनको संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गर्नु भएको थियो ।

समारोह आयोजक समिति संयोजक नन्दराज घले र सहसंयोजक ओम प्रसाद तमुले कार्यक्रम ब्यबस्थापनमा सहयोग गर्ने र प्रायोजकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष सुर्य गुरुङ र आमा समुहकी प्रमुख मन्दरा गुरुङले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष गुरुङले तमु संस्क्रिति र संस्कारको बारेमा बिबेचना गर्नु भएको थियो ।

समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरु, प्रायोजकहरु र सहयोगिहरु लगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यबाद दिदै मिलेर बसेको नेपाली समाजलाई बिभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्नु भयो । समाजका अध्यक्ष होम गुरुङको सभापतित्वमा भएको ल्होछार कार्यक्रमको संचालन महासचिब चित्रजङ गुरुङ, सचिब उमा गुरुङ र साँस्कृतिक कार्यकमको संचालन रिचा गुरुङले गर्नु भएको थियो । गायक दुर्गा गुरुङ ,नारायण धिताल, र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले बिविध  प्रस्तुती दिएको कार्यक्रममा बिभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थिए ।

Share