ह्युमन राइटसको बार्षिकोत्सवको अवसरमा गरिएको ह्युमन राइट्स कन्सर्टमा कलाकारहरुको दमदार प्रश्तुति ।

डिपी शर्मा मैनाली, द हेग ।

गत डिसेम्वर १०, २०२३ आईतबारका दिन स्विजरल्याण्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’ सम्पन्न भएकोछ । उक्त कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै भ्वाइस अफ नेपाल सिजन ४ बिजेता करण राई र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिए।

संसारभरीवाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उल्लेख्य उपस्थिति रहको थियो । पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च र्यापर एम सि सोलार, ग्वाटेमालाकी गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए ।

गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गित “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गित मंचमा गाएका थिए । गायक राईले नेपाली गित गाउँदा पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा बिभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो ।

सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’भन्ने गितमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुति दिएर कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले भने “एउटा प्रतिभालाई नेपाल देखि अमेरिका हुदै जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तर देख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो । जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ) ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीक कन्सर्टमा नेपाली गायक र गित गुन्जिएको सायद पहिलो हो । संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।”

भिडियो हाइलाइटहरू: https://youtu.be/UjIQVuCj93A समाचार स्रोतहरू: Human Rights 75 Concert | OHCHR https://www.ohchr.org/en/events/events/2023/human-rights-75-concert

Share